कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७३ एमबी आस्थालाई

Read Time:3 Minute, 24 Second
हुम तमु 
 
पोखरा-तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले आफ्नो बैवाहिक वर्ष गाँठको अवसरमा प्रदान गरिदै आएको कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७३ पत्रकार मान बहादुर घर्ती(एमबी आस्था) मगरलाई प्रदान गरिने भएको छ । 
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीले वितरण गर्दै आएको उक्त पुरस्कार, यसवर्ष ए बी सी न्युज टेलिभिजनका पश्चिमाञ्चल व्युरो प्रमुख पत्रकार आस्थालाई प्रदान गर्ने निर्णय फोनिज कास्कीको बैठकले गरेको हो । लामो समयदेखि पत्रकारिता मार्फत आदिवासी जनजाति क्षेत्रमा योगदान पुर्याएको भन्दै पुरस्कृत गर्ने निर्णय गरेको हो । 
विगत डेढ दशक अघिदेखि पत्रकारितामा क्रियाशील आस्था विभिन्न संचार माध्यम हुदै एवीसी न्युज टेलिभिजनको व्युरो चिफ, तत्कालिन अनिज कास्कीको संस्थापक सचिव, हाल फोनिज कास्कीका सल्लाहकार, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्षको रुपमा क्रियाशील रहेका छन । 
असार २९ गते तमु धिं नेपालमा आयोजना हुने विशेष कार्यक्रमका विच पुरस्कारका लागि छानिएका आस्थालाई १० हजार रुपैयासहित, सम्मानपत्र लगायतले पुरस्कृत गरिने फोनिज कास्कीका अध्यक्ष हुम बहादुर गुरुङले जानकारी दिए । फोनिज कास्कीको बुधवार सम्पन्न सल्लाहकार सहितको बैठकले पत्रकार आस्थालाई छनौट गरेको हो । 
यस अघि उक्त पुरस्कारबाट पत्रकार रीता गुरुङ, तिलक पुर्जा पुन, हर्क आले, शान्ति गुरुङ पुरस्कृत भईसकेका छन । कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार गतवर्ष सम्म ५ हजार एक रुपैयाले पुरस्कृत गरिएको थियो भने पुरस्कारदाता तमु धिं नेपालकी अध्यक्ष, वरिष्ठ समाजसेवी कर्म तमुले रकम थप गरे पश्चात १० हजार रुपैया सहित पुरस्कृत गरिने भएको हो । 
फोनिज कास्कीका अध्यक्ष हुम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले उक्त निर्णय सहित पुरस्कारका संस्थापक कर्म तमु नवौं गणतन्त्र दिवसमा नेपाल सरकारबाट जनसेवा श्री पदकबाट सम्मान घोषित भएको हार्दिक बधाई साथै फोनिज कास्कीका पदाधिकारी एवं कार्यसमिति सदस्य एवं साधारण सदस्यहरु विभिन्न पदमा निर्वाचित भएकोमा हार्दिक बधाई एवं कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको सचिव रोशनी गुरुङले जानकारी दिए ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %