पाल्पाली समाजले सहकोषाध्यक्षलाई विदाई गरे

Read Time:2 Minute, 3 Second

कृष्ण सारू मगर

दोहा, जुलाई २ मुम्ताजा गार्डेनमा समाजका अध्यक्ष लिलाम्वर चिदी मगरको अध्यक्षतामा खानीगाउँ-८ झाँक्रीस्थानका कृष्ण बहादुर चौहान मगरलाई सम्मान तथा बिदाई कार्यक्रम संपन्न गरेको छ ।

संघलाई निश्वार्थ भावनाका साथ विगत २००८ देखि समाजलाई नियामित तन, मन, वचन र कर्मले साधरण सदस्य हुँदै चौथौँ महादिवेशनबाट सहकोषाध्यक्ष पदमा रहेर सहयोग दिएकोमा उच्च मुल्यांकन गर्दै चौहानलाई समाजका प्रमुख सल्लाहकार भुपराज दुवाडीले समृद्ध भविष्य तथा सफल यात्राको कामना गर्दै शुभ कामना सहित बिदाई गरेको हो ।

खेलकुद सचिव पृथ्वी कनौजे थापा मगरले मायाको चिनो उपहार दिँदै समाजका अध्यक्ष लिलाम्वर चिदी मगरले ससम्मान कदर पत्र प्रदान गरेको थियो भने, प्रमुख सल्लाहकार भुपराज दुवाडीले पवित्र खादा ओढाएर सम्मान गरेका हुन् ।

यसै गरी समाजका अन्य दर्जनौं पदेन सदस्यहरूको बृहत उपस्थिति रहेको कार्यक्रममा क्रमश: सबैले पवित्र खादा ओढाउँदै ससम्मान विदाई गरेको छ ।

विशिष्ट ब्याक्तित्वहरूको बाक्लो उपस्थित रहेको सम्मान तथा विदाई कार्यक्रमलाई संवोधन गर्दै आफू भौगोलिक दुरिले टाढा रहेता पनि समाजले दिएको माया र सद्भाव कहिल्यै पनि नविर्सने प्रण गर्दै सहकोषाध्यक्ष मगरले समय अनुकुल मातृभुमीमा रहेर पनि आफ्नो समाजलाई सदैव सहयोग रहने वचन दिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %