गोविन्द घर्ती मगर
रूपन्देही,अषाढ १७ -संविधान शंसोधन नभई पुनः लेखन गर्नुपर्ने राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष खडकप्रसाद पालुङ्गाले बताउनु भएको छ । उहाले संविधान पुनः लेखन नभए राष्ट्रिय जनमुक्ति पार्टीले सडकबाट संविधान जारी गर्ने चेतावनी दिनु भयो ।

उहाले जारी संविधान आमनागरिको हितमा नभएकोले यो संविधान धेरै टिक्न नसक्ने अध्यक्ष पालुङ्गाले ठोकुवा गर्नु भयो । उहाले चार दलिय सिन्डिकेटद्धारा जारी गरिएको संविधानले आम नागरिकको अधिकार सुनिश्चित गर्न नसक्केको बताउदै आम नागरिकको अधिकार सुनिश्चित हुने संविधान पुनः लखन गर्नुपर्नेमा जोड दिनु भयो । राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीले मंगलापुरमा आयोजना गरेको पत्रकार सम्मेनलमा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो ।
अध्यक्ष पालुङ्गगाले संविधान पुनः लेखन नगरे संघीय गठवन्धनले सडकबाट संविधान जारी गर्ने चेतावनी दिनु भयो । उहाले राष्ट्रिय जनमुक्ति पार्टीले उठाएका मुद्दा राष्ट्रिय मुद्दा भएको दावी गर्नु भयो । राष्ट्रिय जनमुक्ति पार्टीले उठाएका मुद्दा कार्यान्यन गर्न विचार मिल्ने राजनैतिक दलहरु संग सहकार्य गरेर आन्दोलन गर्ने अध्यक्ष पालुङ्गाले बताउनु भयो । राष्ट्रिय जनमुक्तिा पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्गको अध्यक्षता र जिल्ला सचिव चित्रबहादुर गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
