शेर्पा संघ इजरायल द्वारा मिर्गौला पिडितलाई आर्थिक सहयोग हस्तान्तरण

Read Time:1 Minute, 39 Second

माया घले मगर

 असार,१७-शेर्पा संघ इजरायल द्वारा ललितपुर जिल्ला भैसीपाटी खोकना दोबाटो कार्यविनायक नगरपालिका वडा नं – ३ निवासी  मिर्गौला पिडित  र दुवै मिर्गौला फेल भएकी बिरामी चेली भागिरथी श्रेष्ठलाई उपचारको लागि संस्थाका कार्यकारी सदस्य  आङछिरी शेर्पाको संयोजकत्वमा संकलित आर्थिक सहयोग रकम नेपाली रुपियाँ  १,०५,०००/- (अक्षरुपी- एक लाख पाँच हजार) आषाढ १२ गतेका दिन नेपाल बिद्यार्थी मञ्चका बरिष्ठ उपाध्यक्ष साङ्गे मिङ्मा शेर्पा मार्फत पिडित बिरामीलाई हस्तान्तरण गरेको छ ।

दुबै मृगौला फेल भएर आर्थिक अबस्था कम्जोर तथा नाजुक भएर उपचारर्थ गर्न नसकेकी श्रेष्ठलाई “सेवा नै धर्म हो” भनेर शेर्पा संघ इजरायलले उपचाको लागि आर्थिक सहयोग संकलन गरी नेपाल पठाएको आङछिरी शेर्पाले तामाङ अनलाइनलाई  जानकारी दिनु भएको छ ।

दुस्खत घडीमा साथ तथा सहयोग गरि दिनु हुने सम्पूर्ण सहयोगी मनका धनिहरुलाई  शेर्पा संघ इजरायल द्वारा धन्यवाद व्यक्त गर्नु हुँदै पिडितको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %