गोविन्द घर्ती मगर
रूपन्देही, अषाढ १७ – जनमुक्ति मञ्च बेलायतले पार्टीको भवन निर्माणको लागि आर्थिक सहयोग गरेको छ । राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीको भवन निर्माणको लागि जनमुक्ति मञ्च बेलायतले ३ लाख ९६ हजार सहयोग प्रदान गरेको हो ।
उक्त रकम पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्गलाई जनमुक्ति मञ्च बेलायत शाखाका प्रतिनिधि कमला थापामगरले एक कार्यक्रमका वीच हस्तान्तरण गर्नु भएको हो । जनमुक्ति मञ्च बेलायतले पार्टीको भवन निर्माणको लागि सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने कमला थापाले बताउनु भयो ।
आदिवासी जनजाति तथा आम नेपाली नागरिकको हक अधिकार प्राप्तीको लागि राष्ट्रिय जनमुक्ति पार्टीले विगत २६ बर्ष देखि आवाज उठाउदै आएको छ ।
