अशोक सुजन श्रेष्ठ
मकवानपुर , नेपाल आदिवासी जनजाती महासंघ, आमभञ्ज्याङ्गको पुर्नगठन गरिएको छ । आज(शनिबार) भएको भेलाले पुनः कृष्णसिद्धी लामाको अध्यक्षतामा नौ सदस्सीय नयाँ कार्यसमिती चयन गरेको हो । समितिको उपाध्यक्षमा होमबहादुर वाईबा, सचिवमा चन्द्रलाल महर्जन, कोषाध्यक्षमा रमिला घलान, सहसचिवमा सुकराम थिङ्ग र सदस्यहरुमा रामबहादुर भोम्जन, प्रेमबहादुर थिङ्ग, निरमायाँ गोले, सम्झना स्याङ्गतान रहेका छन् ।
कार्यक्रम नेपाल आदिवासी जनजाती महासंघका मकवानपुर अध्यक्ष तीर्थबहादुर थापा मगरको प्रमुख आतिथ्य तथा आमभञ्ज्याङ्ग अध्यक्ष कृष्णसिद्धी लामाको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा आदिवासी जनजाती महासंघ, आमभञ्ज्याङ्गका सचिव चन्द्रलाल महर्जनले प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममै नेपाल आदिवासी जनजाती महासंघका मकवानपुर अध्यक्ष तीर्थबहादुर थापा मगरले अनुशिक्षण पनि गर्नुभएको थियो ।
यसैबिच, मुढा बनाउने र सिलाई कटाई तालिममा सहभागीलाई प्रमाण पत्र बितरण गरिएको छ । आमभञ्ज्याङ्ग गाबिसको सहयोगमा आदिवासी जनजाती महासंघ, आमभञ्ज्याङ्गले तालिम आयोजना गरेको थियो । १२ जना सहभागी १५ दिने मुढा बनाउँने तालिममा मिन्टु लामाले प्रशिक्षण दिनु भएको थियो । त्यस्तै, ९ जना सहभागी तीन महिने सिलाई कटाई तालिममा कल्पना गोलेले प्रशिक्षण दिनुभएको थियो ।
समापन कार्यक्रममा सुकराम थिङ्ग, भिमबहादुर बोम्जन, निरमायाँ रुम्बा लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो
