गोबिन्द घर्ती मगर
रुपन्देहीको देवदहमा ३ दिने वित्तिय साक्षरता तालिम सम्पन्न भएको छ । के आई नेपाल, चेली परियोजनाको आयोजना र चेली कृषि सहकारी सस्था देवदहको व्यवस्थापनमा उक्त तालिम सम्पन्न भएको हो ।
सो अवसरमा बोल्ने वक्ताहरुले सहकारी मार्फत आर्थिक उपार्जन तर्फ लाग्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले कृषिलाई व्यवसायीकरण गर्न सके आत्मनिर्भर बन्न सक्नेमा जोड दिदै सहकारीले कृषि क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए । देवदह क्षेत्र कृषि र पशुको उर्वर भूमि रहेको कृषि क्षेत्रलाई प्राथमिकता दिनु पर्ने बताएका थिए ।
चेली कृषि सहकारी संस्था देवदहका अध्यक्ष सावित्री वस्यालको अध्यक्षतामा भएको समापन कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, प्रशिक्षक चन्द्र श्रीष ढकाल, देवदह व्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङ्ग, कोलिय साकोसका सरस्वती वस्याल, के आई नेपालका फिल्ड ईन्चार्ज मोतीराज खनाल, कल्पना गैरे, दिपा सुनार लगायतले आ–आफना भनाई राखेका थिए । संस्थाका शेयर सदस्यहरुको सहभागिता रहेको तालिमको के आई नेपालका चन्द्र श्रीष ढकाल, आशा चौधरी, सरिता भूषालले सहजीकरण गरेका थिए । संस्थाका कोषाध्यक्ष जमुना देवी रेग्मीको स्वागत र व्यवस्थापक फुलमाया श्रीषको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
