आदिबासी जनजाती महासंघ इजरायललाइ खबरदारी पत्र

Read Time:3 Minute, 37 Second

माया मगर,

 असार,१५-बहुजाती बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक र बहुपहिचान, बोकेको सार्वभौम राष्ट्र नेपाल चितपरिचित छ, जस मध्य उत्पीडित र थिचोमिचोमा पर्दै आएको हामी आदिबासी ,जनजाती महिलाहरु नै हौ त्यसैको बिरुद्धमा बिश्वभर छरीएर रहेको आदिबासी जनजाती महिलाहरु एक भै राज्य बिरुद्ध लड्नु बाहेक अरु औचित्य देखिदैन।

अधिकार भनेको कसैको पेवा सम्पति होइन खल्तीबाट दिनु पर्दैन राज्यको हरेक १,कार्यपालिका २, न्यायपालिका ३,व्यबस्थापिका क्षेत्रमा आदिबासी जनजाती,महिलाहरुको पहुच समान अधिकारको प्राप्तिको लागि आदिबासी जनजातीहरुको यहि आवाज हो।

अधिकार भनेको मागेर पाउने चिज होइन लडेर पाउने हो यसैको लागि बिश्व भरमा छरीएर रहेको आदिबासी जनजातीहरु साथमा साथ काधमा काध मिलाएर अगाडी बढ्नु पर्ने हो,तर गत महिना आदिबासी जनजाती महासंघ इजरायको अधिबेशन चलिरहेको बेला नेपाल मगर संघ इजरायल भने आदिबासी जनजाती महासंघ संग असन्तुष्ट जनाउदै महासंघबाट विभेद गरियो,दुर्ब्यबहार गरियो भनेर बाहिरियो त्यो मिडियामा निकै चर्चा भयो कतिले त स्याबासी पनि दिए होला धेरैले दुख व्यक्त पनि गरे सार्वभौम राष्ट्रको चौध अंचल, पचहत्तर जिल्ला, सात प्रदेशमा विभाजीत रहेको सार्वभौम राष्ट्र नेपाल २०६८ जनगणनाको तथ्याङ्क अनुसार कुलस्( २,८१,७४७१४ जनसंख्या मध्य आदिबासी जनजातीको पहिलो स्थानमा मगर समुदायको बढी बाहुल्यता रहेको छ । 

संस्कृतिको धनि मानिन्छ मगरहरु यसलाई पनि पहिलो प्राथमिकता दिनु पर्ने आदिबासी जनजाती महासंघ इजरायलले ? म एउटी आदिबासी जनजातीको चेली,मगरको चेली ,मगर संघ इजरायलको भूपू महासचिबको एक हैषियतले म के भन्न चाहन्छु भने महासंघले एउटा स्वच्छ छबी बोकेर हिड्नु पर्ने हुन्छ जहाँ सितल पाउनको निम्ति आदिबासी जनजातीहरु चौतारीको ठुलो छहारीमा धाउने गरिन्छ त्यहाँ सितल नै पाउदैन भने त्यहाँ धाउनुको कुनै औचित्य हुदैन l

राज + नीति जोडेर राजनीतिक हुने हो राज स् भनेको सत्तामा मोज गर्नु ,नीति स् भनेको नीति नियम लाई उलंगन गर्नु हो त्यसैले प्राय जसोले भन्ने गरिन्छ Politics is a dirty game त्यसैले महासंघ जस्तो ठाउमा बसेर आफ्नो व्यक्तिगत स्वार्थ कुर्शीको निम्ति फोहोरी राजनीति नगर्नु भन्दै आदिबासी जनजाती महासंघ इजरायललाई मेरो बिनम्र अनुरोध  गर्दछु l  (लेखिका माया घले मगर राज्य सत्ता डट कम इजरायका सम्पादक हुन्)

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %