मगर पत्रकार संघमा तनहुँमा आले चयन,पत्रकार संघलाई आर्थिक सहयोग

Read Time:2 Minute, 13 Second

प्रताप रानामगर, 

असार, १४ –दमौली तनहुँ नेपाल मगर पत्रकार संघ तनहुँको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भुमिका आलेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । नयाँ कार्यसमितीको उपाध्यक्षमा राजकुमार आले, सचिवमा सुनिता थापामगर, लालु थापामगर, सह सचिवमा प्रेरणा थापामगर सर्वसम्मत चयन भएका छन । त्यस्तै सदस्यहरुमा शोभा थापामगर, नीता थापामगर, शर्मिला रानामगर र पुष्पाथापा मगर चयन भएको निर्वाचन अधिकृत इन्द्रबहादुर आलेले जानकारी दिनुभयो  ।

 नयाँ कार्यसमितिलाई विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापामगर, नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष डम्बर अधिकारी, नेपाल मगर पत्रकार संघका उपाध्यक्ष एम।बी अस्था मगर, उपमहासचिव रुद्र श्रीस मगरले बधाई ज्ञापन गर्नुृहुर्दै सफल कार्यकालको शुभकामना दिनुभएको थियो । सोही अवसरमा नेपाल मगर पत्रकार संघ तनहुँ शाखालाई तनहुँ समाज हङकङ्गका अध्यक्ष जंग थापामगरले आर्थिक सहयोग गर्नुभएको छ ।

अध्यक्ष थापामगरले ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहोग गर्नुभएको हो । तनहुँ समाज हङकङ्गका अध्यक्ष थापा मगरले सो रकम मगर पत्रकार संघ तनहुँका नवनिर्वाचिन अध्यक्ष भुमिका आलेलाई हस्तान्तरण गर्नुभएको थियो । मगर पत्रकार संघ तनहुँ शाखालाई प्रभावकारी रुपमा सञ्चालन गर्नुका लागि आर्थिक सहयोग गरेको अध्यक्ष थापामगरले बताउनुभयो । मगर पत्रकार संघ तनहुँका अध्यक्ष आलेले सो रकम सहीठाउँमा सदुपयोग गर्ने सहयोग प्रति थापा मगरको सहयोग प्रति अभार व्यक्त गर्नुभएको थियो । 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %