खपाँगी फाउन्डेसनका आजीवन सदस्य मनिराज पुन मगरलाई पितृ शोक

Read Time:3 Minute, 14 Second

केहर सिं थापा मगर,

 काठमाण्डौं,असार १३ – गोरेबहादुर खपाँगी फाउन्डेसनका आजीवन सदस्य मनिराज पुन मगरलाई पितृ शोक परेको छ । धवलागिरी अंचल वाग्लुङ जिल्ला, राजकुट देविस्थान गा.वि.स. वडा नं. ५ निवासी स्व. पिता विरे पुन र माता स्व. खगीसरा पुनका छोरा भक्तबहादुर पुनको जन्म वि.सं.१९७९ वैशाख २२ गते जन्म भएको थियो । दमको रोगले गस्रित उहांको ९५ वर्षको उमेरमा आज विहान ५ः१० वजे ललितपुरको नखिपोट आफ्नै विवासमा दुःखद निधन भई आफ्नो परिवार र आफन्तलाई शोक स्तवध बनाएको छ ।

सन् १९४० मा इण्डियाको #.# GR  मा भर्ती हुनुभएको थियो र पछि Gorkha Para Regiment सरुवा भई दोस्रो विश्वयुद्धमा समेत सहभागी भई बिट्रिसको पक्षबाट युद्ध लड्नु भएको थियो । पछि विश्व युद्ध समाप्त पश्चात उहाँ सन् १९४९ अप्रिल ९ मा सिगांपुर प्रहरी फोर्समा भर्ती हुनु भई SINGAPORE जानु भयो ।

उहाँले Singapore 11 Nov 1968 मा चुचुकाङ्ग RD Gangs Star सँग लडाई हुदाँ उहाँको अगुवाई फोर्स टीमले परास्त गरी त्यो ठाँउ कव्जा गर्नु भएको थियो । उहाँले BURMA STAR, DEFNCE MEDAL,GSM,PUBLIC ADNOL MEDAL(SINGAPURE),LSGC,MALAYA SERVICE MEDAL जस्ता थुप्रै पदक तथा पुरस्कार प्राप्त गर्नुभएको छ ।

सन् १९६९ डिसेम्बरमा Inspector दर्जामा अवकाश प्राप्त गर्नुभएको थियो ।

उहाँको इष्टमित्र र नातेदारका अनुसार निकै हसिलो स्वभाव,मिलनसार,सहयोगि र समाजसेवी हुनुहुन्थ्यो र अवकाश पश्चात वि.सं. २०२६ देखि ०४६ सम्म प्रधानपञ्च पदमारही आफ्नो जन्म स्थल राजकुटमा विभिन्न सामाजिक सेवाहरुमा उल्लेखनीय योगदान दिनु भएको थियो । उहाँले शिक्षा,खानेपानी,विधालय निमार्ण जस्ता विकासका पूर्वाधार निमार्णमा उहाँको ठूलो सहयोग रहेको छ ।

साथै वि.सं. २०२१ मा श्री ५ वीरेन्द्र शाहको शुभराज्यभिषेक पदक समेत प्राप्त गर्नुभएको थियो ।

उहाँको परिवारिक पृष्ठभूमि उहाँको एक मात्र छोरा मनिराज पुन मगर,बुहारी हेमा पुन मगर, एक नाति,दुई नातिनी, छ छोरी,भान्जा,पनाति,पनातिनी गरी कूल ३७ जना हुनुहुन्छ ।

उहाँको आत्माले भगवानको बास गरुन् र उहाँको परिवार र आफन्त प्रति धैर्यधारण गर्न भगवानले शक्ति प्रदान गरुन् भनी एक मिनेटको मौन धारण गरी उहाँको प्रार्थिक शरीरलाई पशुपतिआर्यघाटमा दाहसंस्कार गरियो ।

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %