महावाणिज्यदूत चन्द्र योञ्जनले ५० हजार डलर सहयोग घोषणा

Read Time:5 Minute, 47 Second
सनु घिमीरे

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्र निर्माण उद्धेश्यका लागि २४ जुनमा मेलबर्नको ब्रन्सविकस्थित लैला रिसेप्सनमा आयोजित कोष संकलन कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले ५० हजार डलर सहयोग गर्ने घोषणा गरेका छन । 
अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरका सल्लाहकार एबं लुल्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले यो जानकारी सार्वजनिक गर्दै लेखेका छन, “विस्वको जुनसुकै कुनामा गए पनि नेपालीले आफ्नो कला, संस्कृति, रीति, रिवाजलाई बिर्सन सक्तैनन र यस्लाई आफ्नो पुस्तामा मात्रै कसरी कायम राख्ने भन्ने मात्रै नभएर भावी पुस्तामा समेत यस्लाई कसरी निरन्तरता दिने भन्ने चिन्ता र दायित्व पनि छ यही पुस्तामा । तीब्र गतिमा परिबर्तित र खुला विस्व परिबेशका कारण आफ्नै देशमा कतिपय हाम्रा कला, संस्कृति, रीति, रिवाज आदि लोपोन्मुख अवस्थामा छ भने बिदेशमा यस्ता कुराहरुलाई कायम राख्दै भावी पुस्तामा निरन्तरता दिने कार्य आँफैमा ठूलो चुनौति हो र पनि सांस्कृतिक बिबिधताका दृष्‍टिकोणले विस्वमा नै धनी देशको सूचिमा पर्ने हाम्रो सांस्कृतिक बैभबका आधारभूत कुराहरुलाई जे जस्तो किसिमबाट भने स्थापित गर्न सकियो भने यो अनेकतामा एकता, सामाजिक सदभाव, नेपाल प्रबर्द्धन, सांस्कृतिक निरन्तरता, प्रबर्द्धन र संरक्षण आदि उद्धेस्य प्राप्ती कार्यमा सहायकसिद्ध हुनेछ ।”
 
श्रेष्ठ अगाडि लेख्छन, “ठूलो उद्धेस्य प्राप्ती कार्यको लागि फराकिलो सोंच पनि त्यत्तिक्कै महत्वपूर्ण हुन्छ । संकीर्ण सोंच जहिले पनि र जहाँँ पनि समस्याको कारकतत्व बन्छ । पछिल्लो बिज्ञानको रुपमा देखा परेको Neuro-linguistic programming ले सुझाब दिने खुशी र सुखी हुन अधिकाधिक बिकल्पको अपरिहार्यता हाम्रै पूर्बीय दर्शनकै जगमा आधारित छ र यो ठूला र महत्वपूर्ण उद्धेस्य प्राप्ती कार्यमा पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । उपर्युक्त उद्धेस्य प्राप्ती कार्यमा केन्द्रित भएर अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्र निर्माण उद्धेश्यका लागि २४ जुनमा मेलबर्नको ब्रन्सविकस्थित लैला रिसेप्सनमा आयोजित कोष संकलन कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले ५० हजार डलर सहयोग गर्ने घोषणा मात्रै गर्नु भएन, कथंकदाचित यो महत्वपूर्ण परियोजनाले पूर्णता प्राप्त गर्ने अवस्था नआएको खण्डमा थप ५० हजार र अझ बढी पनि सहयोग गर्न सकिने संभावना रहेको उद्घोष गर्नु भयो । संभबत नेपाली समुदायको पहिचान स्थापित गर्ने उद्देश्यका साथ सामुदायिक केन्द्र बनाउनका लागि गरिएको यो नै सबैभन्दा ठूलो व्यक्तिगत योगदान हो । यो उदघोषसंगै Australian Nepalese Multicultural Center ले भिक्टोरियामा बनाउने लक्ष लिएको सामुदायिक केन्द्रको परिकल्पनाले साकार रुप लिन सक्ने आशा पलाएको छ र यस्का लागि भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन र लक्ष्मी भाउजुप्रति Australian Nepalese Multicultural Center को सल्लाहकारको हैसियतमा हार्दिक आभार प्रकट गर्न चाहन्छु ।”
 
यससँगै सामूदायिक केन्द्रको सदस्यताका साथै विभिन्न सामग्रीहरुको लिलामीबाट पनि रकम संकलन गरी उक्त कार्यक्रम मार्फत एकैदिनमा १ लाख डलरभन्दा बढी संकलन गरिएको थियो । सो कार्यक्रममा स्थानीय कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो । 
 
उक्त कार्यक्रममा एनआरएनका अध्यक्ष शेष घले मेलबर्न बाहिर रहनु भएकाले अनुपास्थितिलाई इंगित गर्दै कुटनीतिक भाषामा श्रेष्ठ लेख्छन, “मेलबर्नबासीले यस्तै ठूलो परिमाणको सहयोगको अर्को घोषणा पनि निकट भबिस्यमा सुन्न पाउने अडकलबाजीले समेत सार्थक रुप लेवस – हार्दिक शुभ-कामना!!!”

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %