तीन दिने आधारभूत पत्राकारिता तालिम समापन २०७३

Read Time:3 Minute, 16 Second

केहर सिं थापा मगर,

काठमाण्डौं,असार १२-नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) को आयोजना र नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा (असार १०—१२) सञ्चालित ‘खोज पत्रकारिता तालिम’ आज राजधानीमा सम्पन्न भएको छ ।

नेपाल आ.ज. उत्थान प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङको प्रमुख अतिथिमा,डण्ड गुरुङको अध्यक्षतामा कार्यक्रम सञ्चालन टेकराज थामीले गर्नु भएको थियो ।

प्रमुख प्रशिक्षक मोहनसिं लामा र गणेश राईले विशेष प्रशिक्षण दिनु भयो । कार्यक्रममा १९ जिल्ला बाट प्रशिक्षक र प्रशिक्षार्थीको उल्लेखनीय सहभागी भएको थियो ।

 

 

 

 

 

नेपाल पत्रकार महासंघका सचिव तथा सम्मानीय उपराष्ट्रपतिका प्रेस सल्लाहकार मनोज घर्तीको मन्तव्यको क्रममा उनले यस कार्यक्रमबाट प्रशिक्षार्थीको क्षमता अभिवृद्धि गर्ने र फोनिजको बारेमा जानकारी लिन र पछि भविष्यमा यसलाई दु्रत गतिमा विकास गर्न अहिले तालिम लिएका प्रशिक्षार्थीहरु मध्ये बाटनै काधहाली जिम्मेवारी लिन सक्ने गरी बन्नु पर्नेछ भनी बताए ।

 

 

 

 

“पहिचान विनाको संघीयता र मातृभाषा विनाको जनजाति” कल्पना समेत गर्न सकिदैन भनी कार्यक्रममा मोहन सिं लामाले पत्राकारितामा जनजाति पत्रकारको सहभागिता निकै कम भएको र यस तालिम बाट उपस्थित प्रशिक्षार्थीहरु शत प्रतिशतनै पत्राकारिता क्षेत्रमा लाग्नुपर्ने र लाग्न अनुरोध गरे ।

प्रमुख अतिथि गुरुङले पत्राकारले मूलकलाई उल्टाई दिन र पल्टाई दिन सक्छ त्यसैले जनजाति पत्रकार आचांर संहिता लाई ध्यानमा राखी आर्थिक लोभ लालचमा नफसी जनजातिको विकास र उत्थानको लागि जनजाति पत्रकारको अत्यन्त गहन भूमिका रहेको बताए ।

फोनिजका अध्यक्ष डण्ड गुरुङले राज्यबाट शोषित वर्ग,लोपोन्मुख जनजाति सधै राज्यको मूलप्रवाहीकरणमा नर्पनु जस्ता यी जनजातिको यी समस्यालाई पत्राकार साथीहरुले बुभि यस प्रति चासो गर्नुपर्ने विषय हो भनी  जस्तो विउ रोपे त्यस्तो फल फल्ने भनी समाज परिवर्तनको लागि जनजातिको उत्थान र विकासको लागि पत्राकार साथीहरु हरदम गुणात्मक ढंग बाट अगाडि बढ्नु पर्ने बताए ।

कार्यक्रम डण्ड गुरुङले समापन गरेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %