३ दिने साधारण पत्राकारिता तालिम शुरु

Read Time:1 Minute, 38 Second

केहर सिं थापा मगर

काठमाण्डौं,असार ११ –आदिवासी जनजाति प्रशिक्षार्थीहरुको क्षमता अभिवृद्धि  गर्ने उदेश्यले  राष्ट्रिय आदिवासी जनजाति पत्राकार महासंघको आयोजनामा ३ दिने (असार १०–१२) साधारण  पत्राकारिता तालिम कार्यक्रम हिजो बाट अनामनगर स्थित तमु बौद्ध समाजको भवनमा शुरु भएको छ ।

कार्यक्रम दण्ड गुरुङको अध्यक्षतामा, टेकराजथामीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा प्रशिक्षक गणेश राई र मोहन सिं लामा बाट विशेष प्रशिक्षण दिनु भएको थियो । विभिन्न संघ संस्थाहरु बाट मगर, गुरुङ ,राई,लिम्वु,तामाङ,नेवार,शेर्पा र थारु गरी ८ जनजाति बाट ३३ प्रशिक्षार्थीको उल्लेखनिय सहभागिभएको थियो ।

नेपाल राष्ट्रको चौथो अंग मानिने पत्राकारिता संस्थामा अहिलेका नयाँजनजाति पुस्ताको आकर्षित,दक्ष पत्राकारको निमार्ण गरी आदिवासी जनजातिको धर्म,संस्कृति तथा ऐतिहासिक पक्षहरु लाई जोगाई राखी राष्ट्रमा एउटा दिगो पहिचानको स्थापित गर्नुपर्ने भनी प्रशिक्षकहरुले बताए । कार्यक्रम भोलि समापन हुनेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %