गोविन्द घर्ती मगर
अषाढ,११ – समाज परिवर्तन गर्न कानुनी ज्ञान आवश्यक रहेको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले कानुनी प्रक्रिया वारे स्पष्ट नहुदा सम्म कुनै पनि कार्य अगाडि बढाउन नसक्ने भएकाले कानुनी ज्ञान आवश्यक रहेकोमा जोड दिएका थिए । देवदह महिला विकास समन्वय समितिले आयोजना गरेको चार दिने कानुनी परामर्श तालिम समापनको क्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
सो अवसरमा बोल्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले कानुनी ज्ञान भएमात्र महिलाहरुले अधिकार प्राप्त गर्न सकिनेमा जोड दिएका थिए । घिमिरेले समाजमा भएका अपराधिक क्रियाकलापलाई कानुनी दायरामा ल्याउन सके महिला माथि हुने हिंसालाई न्यूनिकरण गर्न सकिनेमा जोड दिनु भएको थियो । उहाले तालिमका सिकेका ज्ञानलाई आ–आफनो गाउ÷टोलमा रहेको वासिलाई समेत सचेत गराउन आग्रह गर्नु भयो ।
समितिका उपाध्यक्ष पार्वती न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता कमला पुन, नेपाली काग्रेसका नगर सभापति गुणखर भूर्तेल, नेकपा एमालेका नगर अध्यक्ष विद्यालक्ष्मी गुरुङ्ग, नेकपा माओवादी केन्द्रका नगर ईन्चार्ज मोतीलाल ढकाल, राष्ट्रिय जनमोर्चाका हरी केसी, माआोवादी क्रान्तिकारीका ऋषिराम लामिछाने, राप्रपाका तुल्सीराम काप्mले, रेडियो देवदहका भिमप्रसाद गुरुङ्ग, सहभागिको तर्फबाट दुर्गा पौडेल, भगवती शर्मा, सोना पाण्डे लगायतले आ–आफना भनाई राख्नु भएको थियो । तालिमको अधिवक्ता कमला पुन र सूर्य अधिकारीले सहजीकरण गर्नु भएको थियो । कार्यक्रमका संयोजक सुमित्रा वारघरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
