केहर सिं थापा मगर
काठमाण्डौं, ८ असार —विट्रिस गोरखा सत्यागह्र यूके —नेपालको जानकारी सभा सम्पन्न भयो । दोस्रो विश्व युद्धमा जर्मन र जापान संग लडेका पल्टन नं. ७६०० वर्ष ९५ का सर्वध्वज लिम्वुको प्रमुख आतिथ्यमा सत्यागह्र नेपालका संयोजक लालबहादुर घिसिङको सभापतित्वमा, संस्थाका महासचिव शेरबहादुर घिसिङले कार्यक्रम सञ्चालन गरेका थिए । विशेष अतिथिमा सत्यागह्र यूकेका संयोजक कृष्ण कुमार राई र सत्यागह्रका महाअभिनता ज्ञानराज राई थिए ।
सत्यागह्रको जानकारी सभामा सांसदहरु अइन्द्रहाङ नेम्वाङ,तारा राई,दिलमान पख्रारिन(तामाङ) जयन्ती राई ,तुलसा राना उपस्थित थिए । उक्त कार्यक्रममा सवै पार्टीका प्रमुख सचेतकलाइ बोलाइएता पनि अनुपस्थित रहे । त्यस्तै अतिथिमा नेपाल भूतपूर्व सैनिक संघका केन्द्रिय अध्यक्ष कर्नेल धनबहादुर मास्की राना मगर,मेजर कृष्णकुमार आले मगर,पूर्व सांसद तथा मेजर दीपक गुरुङ रहेका थिए ।

कार्यक्रममा मन्तव्य दिने क्रममा अइन्द्रहाङ लिम्वु,तारा राई र एकमुष्ट सवै सांसदको तर्फ बाट सांसद दिलमान पख्रारिनले शुभकामना दिएका थिए । पख्रारिन विट्रिस गोरखा सत्यागह्र यूके —नेपालका संयोजक हुन् । पख्रारिनले जानकारी दिए अनुसार पख्रारिनको संयोजकत्वमा बेलायतको सांसदमा जस्तै नेपालको सांसदमा पनि १७ जना सांसदको All party parillementगठन गरेका छन् ।

यो समितिले भूपू सैनिकको मुद्धालाई लिएर परराष्ट्र मन्त्री कमल थापा लाई नेपाल सरकारको तर्फ बाट बेलायत सरकारलाई पत्र पठाएका थिए । यसलाई राष्ट्रिय कार्यसूचिको रुपमा राख्रने बताए । यदि नेपाल सरकारले पठाएको पत्रलाई बेलायत सरकारले अवज्ञा गरे जुलाई १ गते देखि गोरखाहरले भोक हड्ताल सुरु गर्ने महाअभियानकर्ता ज्ञानराज राईले जानकारी दिए ।
