बृहत्त निशुल्क स्वास्थ्य शिविर सम्पन्न

Read Time:1 Minute, 51 Second

गोविन्द घर्ती मगर 
 अषाढ, ६- रुपन्देहीको देवदह खैरेनीमा बृहत्त निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । देवदह नगर महिला विकास समितिको आयोजना र नेपाल अविनास सामाजिक सेवा संस्था, रोटरी क्लव बुटवल, नेपाल रेडक्रस सोसाईटीको सहआयोजनामा उक्त निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

स्वास्थ्य शिविरको देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले उद्घाटन गर्नु भएको थियो । स्वास्थ्य शिविरमा रोटरी क्लव बुटवल र देवदह मेडिकल कलेज भलुहीले प्राविधिक सहयोग गरेका थिए । शिविरमा जनरल तर्फ १ सय १० जना, डेन्टल तर्फ १ सय ५ जना र स्त्रीरोग तर्फ ९७ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।

शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको र स्त्रीरोग सम्वन्धीत विरामीलाई देवदह मेडिकल कलेजले निशुल्क अप्रेसन गर्ने जनाएको छ । पार्वती न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगर विकास समितिका अध्यक्ष दिल्लीराज मरासिनी, नेपाल अविनास सामाजिक सेवा संस्थाका आमोस खड्का लगायतले आ–आफना भननाई राख्नु भएको थियो । देवदह स्वास्थ्य चौकीका ईन्चार्ज जयकिशन अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %