गोविन्द घर्ति मगर
देवदह, अषाढ २ – रुपन्देहीको देवदहमा दोश्रो चुरे दिवस कार्यक्रम सम्पन्न भएको छ । जिल्ला वन कार्यालय रुपन्देहीको आयोजना, तराई दलित सरोकार केन्द्र, राष्ट्रपति चुरे, तराई मधेश संरक्षणको सहयोजना र गाउ वन समन्वय सञ्जाल देवदहको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा बोल्ने वक्ताहरुले चुरेको संरक्षणमा सवै आ–आफनो ठाउबाट लाग्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले वन जंगलको संरक्षण संगै चुरे क्षेत्रको समेत संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । समुदायमा हस्तान्तरण भएका वनहरु सामुदायिक वनहरुले संरक्षण गर्ने तर चुरे क्षेत्रको संरक्षणको लागि कसैले पहल नगर्ने भएकाले राष्ट्रपति कार्यक्रम गरी अगाडि बढेको बताएका थिए ।
गाउ वन समन्वय सञ्जाल देवदहका अध्यक्ष खेमनारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला भू–संरक्षण रुपन्देहीका प्रमुख आनन्दराम घिमिरे, राष्ट्रपति चुरे संरक्षणका प्रेमनाथ पौडेल, तराई सरोकारका बुद्धिराम हरिजन, जिल्ला वन कार्यालय रुपन्देहीका वसन्त थापा, सेक्टर कार्यालय बुटवलका यज्ञमूर्ति खनाल, शितलनगर सेक्टर वनका सतेन्द्रनारायण सिंह, नेकपा एमालेका पदम थापा, मिलन समुदायिक वनका तेजबहादुर कुवर, प्रगति सामुदायिक वनका दिल्लीराज पन्थ, कृष्णप्रसाद अर्याल, दिनानाथ गिरी लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
कार्यक्रममा वन र चुरे क्षेत्रको संरक्षणमा अह्म भूमिका खेलेको भन्दै रोहिणी सामुदायिन वन, सरनकालिका सामुदायिक वन, त्रिशुली सामुदायिक वन, गाउ वन समन्वय सञ्जालका अध्यक्ष खेमनारायण अधिकारी लगायतले सम्मान गरिएको थियो । सेक्टर वन कार्यालय भुलहीका राजन खड्को स्वागतर वसन्त दहालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
