गोबिन्द घर्ती
अषाढ १ । रुपन्देहीको देवदह–८, शितलनगरमा दुघर्टना हुदा एक जनाको मृत्यु भएको छ । देवदहको खैरेनी देखी बुटवल तर्फ गईरहेको लु १२ प ९४३८ को मोटर साईकल र बुटवल देखि खैरेनी तर्फ आईरहेको ना १ ख ७४३६ नम्वरको मिनिवस ठोक्किदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परि देवदह–६ निवासी बर्ष २४ का जनक वलालको घटना स्थलमा नै मृत्यु भएको देवदह प्रहरी चौकीले जनाएको छ । मोटर साईकलले माईक्रो वसलाई ओभरटेक गर्न खोज्दा उक्त दुर्घटना भएको देवदह प्रहरी चौकीले जनाएको छ । मृतकलाई पोष्टमाष्टमको लागि लुम्विनी अञ्चल अस्पताल लगिएको र ठक्कर दिने मिनिवसलाई वडा प्रहरी कार्यालय बुटवलमा राखिएको वडा प्रहरी कार्यालयले जनाएको छ ।
