ट्रेक पर्यटन विकास तर्जुमाका लागि अभिमुखीकरण कार्यशाला गोष्ठी

Read Time:3 Minute, 12 Second

रूद्र श्रीसमगर

पोखरा, ३० जेठ

मिलेनियम ट्रेक पर्यटन विकास तथा व्यवस्थापन गुरुयोजना तर्जुमाका लागि अभिमुखीकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
मिलेनियम ट्रेक व्यवस्थापन समितिद्वारा आइतबार पोखरामा आयोजित एक दिने गोष्ठीमा मिलेनियम ट्रेक क्षेत्रमा पर्ने तनहुँ र स्याङ्जाका विभिन्न नगरपालिका तथा गाविसहरूका प्रतिनिधिहरू सहभागी रहेका थिए । कार्यशालामा गुरुयोजनाको प्रारम्भिक खाका प्रस्तुत गर्दै समितिका प्राविधिक उपसमिति संयोजक श्रीकान्त शर्मा खतिवडाले मिलेनियम ट्रेक क्षेत्रमा सम्भाव्य पर्यटकीय क्षेत्रको खोजीसँगै कृषि तथा पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।
सो अवसरमा पोखरा पर्यटन पुनर्जागरण समितिका संयोजक गणेश बहादुर भट्टराईले नेपालको पर्यटन उद्योग अझै पनि सरकारी प्राथमिकता पर्न नसक्नु उदेकलाग्दो रहेको भन्दै उत्पादनमा जोड दिन सके मात्र पर्यटकलाई सन्तुष्ट बनाउन सकिने उल्लेख गरे । आर्थिक विकास नभएसम्म घुमफिर गरेर खर्च गर्न सक्ने क्षमता नहुने भन्दै बाह्य र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि उत्पादनमा जोड दिनुपर्ने बताए ।
टान पश्चिमाञ्चल च्याप्टरका उपाध्यक्ष दीपकराज अधिकारीले मिलेनियम ट्रेक क्षेत्रमा विभिन्न सांस्कृतिक होम स्टेको सम्भावना रहेको बताउँदै मिलेनियम ट्रेकमा पर्यटक भित्राउन सहयोगका लागि तत्पर रहेको जनाए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय कास्कीका उपसचिव गगनसिंह थापा, महिला सशक्तिकरण नेपालकी निर्देशक लक्की कार्की, ग्रामीण पर्यटन प्रवद्र्धन अभियन्ता निरज थापा, साइकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्राचार्य लगायतले बोलेका थिए ।
समितिका अध्यक्ष नवीन प्रकाश गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शंकर विरही गुरुङले गरेका थिए भने द्वितीय उपाध्यक्ष थमन बहादुर आलेले स्वागत गरेका थिए । सो अवसरमा गुरुयोजना निर्माणका लागि मिलेनियम क्षेत्रका विभिन्न नगरपालिका तथा गाविसका स्थानीय जनसमुदायको राय लिनका लागि प्रश्नावली तयार गरी सामूहिक कार्यशाला समेत गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %