जनप्रिय माध्यमिक विद्यालय भलुहीमा विद्यार्थीहरुलाई पोशाक वितरण कार्यक्रम सम्पन्न

Read Time:2 Minute, 20 Second

गोविन्द घर्ती मगर

 जेठ, ३२ – जनप्रिय माध्यमिक विद्यालय देवदह–११, भलुहीमा विद्यार्थीहरुलाई पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको नर्सरी र कक्षा १ मा अध्ययनरत गर्ने विद्यार्थीहरुलाई स्कुल वितरण गरिएको हो । तल्लो कक्षामा विद्यार्थीहरुलाई आकर्षण गराउने उद्देश्यका साथ विद्यालयले विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको हो । कक्षा नर्सरीका १३ जना र कक्षा १ का १५ गरी २८ जन विद्यार्थीलाई एक कार्यक्रमका वीच विद्यालय पोशाक वितरण गरेको हो ।

जिल्ला शिक्षा कार्यालय रुपन्देहीका विद्यालय निरिक्षक हरीलाल अर्यालले एक कार्यक्रमका वीच विद्यार्थीहरुलाई पोशाक वितरण गर्नु भएको विद्यालयले जनाएको छ । सो अवसरमा बोल्दै निरिक्षक अर्यालले विद्यार्थीहरुको गुणस्तर शिक्षाको लागि शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समिति लाग्नु पर्नेमा जोड दिनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा श्रोत व्यक्ति रामजीतप्रसाद चौधरी लगायतले बोल्नु भएको थियो ।

सो अवसरमा निरिक्षक अर्यालले शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिलाई शैक्षिक प्रशिक्षण दिनु भएको थियो । कक्षा १ र २ का विद्यार्थीहरुलाई निशुल्क शैक्षिक सामाग्री प्रदान गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव पराजुलीले बताउनु भयो । विद्यालयका प्रअ गायत्रीप्रसाद खरेलको स्वागत र शिक्षक श्याम थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %