स्याङ्जाको कालिगण्डकी जलविद्युत परिसरमा “रोड कन्भेक्स मिरोर” छिट्टै सन्चालनमा

Read Time:5 Minute, 46 Second

विनोद रखाली मगर

  स्याङ्जा, जेष्ठ ३० – स्याङ्जा सडक दुर्घटना न्यूनीकरणका  लागी  स्याङ्जाको पर्यटकिय स्थल कालिगण्डकी जलविद्युत आयोजनाको वाँध स्थल श्रीकृष्णगण्डकी आधिँमुहान मिर्मि देखी पावर हाउस स्थल श्रीकृष्णगण्डकी वेल्टारी सम्म “रियर भ्यु मिरोर ”, अर्थात “रोड कन्भेक्स मिरोर” को अवधारणा सहित नेपालमै ग्रामिण क्षेत्रमा पहिलो पटक स्याङ्जाको श्रीकृष्णगण्डकी गाविस परीसरमा ल्याउन लागिएको हो ।

 स्याङ्जा श्रीकृष्णगण्डकी गाविस स्थाई घर भई हाल रोजगारीका शिलशिलामा दक्षिण कोरिया पुगेका युवाहरुको समुह कृष्णगण्डकी समाज दक्षिण कोरीयाले यो अवधारणा सहित निमार्ण कार्य तिव्र रुपमा अगाडी वढाएको हो । अधिकांश विकशित देशहरुमा लागु गरिएको “रियर भ्यु मिरोर ”,  अल्पविकशित मुलुकहरुमा कमै मात्रामा भएको पाइन्छ त्यसै माथि पहाड र हिमाल भागले ओगटेको नेपालमा यसको प्रयोग भएको नगन्य मात्रामा पाइएकाले ग्रामिण क्षेत्रमा सडक दुर्घटना न्यून गर्न र अन्य ग्रामिण भेगमा समेत रियर भ्यु मिरोरको सकरात्मक प्रभाव प्रस्तुत गर्न श्रीकृष्णगण्डकी गाविसमा अभियान सुरु गरिएको कृष्णगण्डकी समाज दक्षिण कोरीयाका अध्यक्ष राजेश पाण्डेले वताए ।

के हो भ्यु मिरोर, अर्थात रोड कन्भेक्स मिरोर ?

प्राय विकसित मुलुकहरुमा यसको प्रयोग भएको भए पनि हाम्रो जस्तो अल्पविकसित देशहरुमा यसको प्रयोग नगन्य मात्रामा भएको पाइन्छ ।

नेपालको पहाडी र हिमाली क्षेत्रका सडक खण्डहरुमा सडक बिस्तार गर्दा भौगोलिक कारण धेरै घुम्तीहरु बनाइने हुदा यस्ता घुम्तीहरुमा सवारी साधन एक आपसमा ठक्कर खाई दुर्घटना हुने सम्भावना बढी हुन्छ , यस्ता घुम्तीहरुमा रियर भ्यु अर्थात कन्भेक्स मिरोर राखिदिदा फरक दिशाबाट आइरहेका सवारी साधनलाई रियर भ्यु मिरोर हेरेर आफ्नो साइड लिन निक्कै सजिलो पर्छ र सवारी दुर्घटना हुने संभावना कम भएर जान्छ ।

 यर्सथ स्याङ्जाको मिर्मी आधिंमुहान देखि वेल्टारी सम्म धेरै घुम्तीहरु भएको कारण , पर्यटकिय दृष्टीले पनी सवारी साधनको चाप वढेकाले यो अवधारण ल्याइएको कृष्णगण्डकी समाज दक्षिण कोरीयाले जनाएको छ ।

 लगानी कति  ?

 करिब रु.१० लाखको लागतमा निमार्ण हुने लक्ष्य लिएको यो योजना सुरुवातमा स्याङ्जा कृष्णगण्डकी गाबिस भित्रका जगत्रदेबीथान (देखि बेल्टारी र बेल्टारी देखि मिर्मी आधिंमुहान सम्मका अलिक अप्ठ्यारा घुम्तीहरुमा गरी झण्डै ३० वटा राखिने र आवश्यकता अनुसार थप गर्न सकिने कृष्णगण्डकी समाज दक्षिण कोरियाका अध्यक्ष श्री राजेश पाण्डेय ले बताए ।

हाल सम्म रु. ३ लाख सङ्कलन भैसको जनाउदै अन्य आर्थिक स्रोत जुटाउने क्रममा समाज क्रियाशिल रहेको समेत पाण्डेको भनाई छ । स्याङ्जा कृष्णगण्डकी गाबिस बाट दक्षिण कोरियामा कार्यरत नेपाली दाजुभाईलाई एकिकृत गर्दै संस्थाले आफ्नो क्षेत्रको बिकाशमा हातेमालो गर्दै आयोजना सफल बनाउनका निम्ति पनि अध्यक्ष राजेश पाण्डेय ले आग्रह गरेका छन् ।  करिब २ महिनामै आयोजनालाइ आवश्यक पर्ने आर्थिक संकलन गरिसक्ने लक्ष्य लिएको संस्थाले रियर भ्यु मिरोर दक्षिण कोरिया वाटै नेपाल  पठाउन लागीएको  हो । उक्त  मिरोर नेपाल पठाउने क्रममा  लाग्ने भन्सार शुल्क छुट गराइदिएर सहयोग गरिदिनुहुन पनि सम्बन्धित पक्षलाई संस्थाले आग्रह गरेको छ । उक्त कार्यका लागी कालिगण्डकी जलविद्युत कार्यालय संग सहकार्य  गरी नेपाल सरकारको ध्यानाकर्षण गर्न लागीएको कृष्णगण्डकी समाज दक्षिण कोरियाले जनाएको छ । स्थापनाको केहि महिना वित्न नपाउदै  स्थानीय क्षेत्रमा  लोकप्रिय वन्न सफल कृष्ण गण्डकी समाज दक्षिण कोरिया  प्रदेशमा रहेर पनि  देशका लागि केहि गर्न पर्छ भन्ने ध्येयले समाज सेवाका क्षेत्रमा स्थापना देखीनै क्रियाशिल  छ  ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %