राज्यसत्ता
काठमाण्डौं,जेठ २९ हिजो २९ गते राष्ट्रिय(संघीय) जनमुक्ति पार्टीको पाचौं एकता महाधिवेशन धोविघाटको सिद्धार्थ कटेजमा सम्पन्न भएको थियो ।

महाधिवेशनका संयोजक तथा पार्टीका अध्यक्ष एमएस थापाले उद्घाटन गरेका थिए । जेठ २९ र ३० गते हुने ललितपुर मगर समाज सेवा भवनमा हुने भएतापनि पार्टीका सह–अध्यक्ष पर्शुराम तामाङ समूहले सिद्धार्थ कटेजमा आज विहान ८ वजे बन्द शत्र शुरु गरेका थिए ।
उता थापाले ललितपुर मगर समाज सेवा केन्द्रको भवनमा बन्द शत्र सञ्चालन गरेका थिए ।
तामाङको बन्दशत्रले आफैलाई अध्यक्ष र पार्टीका सह महासचिव टेक तामाङ लाई महासचिव घोषणा गरी आजै बाबुरामको पार्टी नयाँ शक्तिमा विलय भएको छ । उनीहरुले संघीय जनमुक्ति पार्टीको व्यानरमा बन्दशत्र गरी संघीय जनमुक्ति लाई नयाँ शक्तिमा मिलाएको झुटो प्रमाण पेश गरेका थिए ।
उनीहरु एकवर्ष पहिला रा.ज.मु. पा. संग एकीकरण गर्न आउदा गणतान्त्रिक पार्टीका नाम बाट आएका थिए । सो पार्टी निर्वाचन आयोगमा दर्ता खारेज भएको छैन भने बाबुराम संग जादा एमएस थापा सहित संघिय जनमुक्ति पार्टी नयां शक्तिमा विलय भएको झुटो प्रचार गरेको छ । एमएस थापा समुहले भने पहिला संघीय जनमुक्तिको व्यानरमा बन्दशत्र शुरु गर्न लाग्दा हाउसले हल्लाखल्ला गरेपछि राष्ट्रिय जनमुक्ति पार्टीको व्यानर टागेर बन्द शत्र शुरु गरेको थियो ।
स्मरणरहोस् : बजार र मिडियामा जेहल्ल आएतापनि एमएस थापा र राष्ट्रिय जनमुक्ति पार्टी बाबुरामको नयां शक्तिमा प्रवेश गरेका छैनन् ।
