पार्टीलाई ज्यादै कष्टकर भयो : अध्यक्ष थापा

Read Time:2 Minute, 48 Second

 राज्यसत्ता ,

काठमाण्डौं,जेठ २९– पार्टी अध्यक्ष एमएस थापाले बन्दशत्रको उद्घाटन गर्दै राष्ट्रिय जनमुक्ति पार्टीलाई एक वर्ष भित्र पर्शुराम तामाङले प्रवेष गरेर छिन्नभिन्न गर्न खोजेको आरोप लगाए । आफूलाई रोग लागेको मौकाछोपि पार्टीलाई तहसनहस मात्रै गराएनन् पार्टीलाई ज्यादै कष्टकरमय भएको बताए ।

 

उनले भने आर्थिक धरातल भनेको भूपू सैनिकहरु नै हुन् अव सवै क्षेत्र,लिङ्ग लाई समेटेर पार्टी लाई बचाउनु सवैको कर्तव्य हो  । निर्वाचन आयोगको नियममा महाधिवेशन गर्ने समय पाचँ वर्ष भएतापनि पार्टीलाई क्रियाशील बनाउन अव तीन वर्षमा महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए ।

यो महाधिवेशन एकता र संकटकालिन महाधिवेशन भएको पनि जिकिर गरे । महाधिवेशनको बन्दशत्रमा प्रतिनिधित्व गर्ने जिल्लाहरु, भातृसंस्था र  प्रदेशका प्रतिनिधिहरुले आ आफ्नो प्रतिवेदन पेश गरेका थिए । पार्टीका महासचिव केशव सूर्यवंशीले विधानलाई छलफलमा ल्याएका थिए ।

विधानमा केन्द्रिय महाधिवेशन हरेक तीन वर्षमा ,  जिल्ला र भातृ संस्थाहरुको अधिवेशन हरेक दुई वर्षमा गर्ने सर्वसम्मतिले पास गरेको छ । पार्टीका अवधारणा अनुसार दश प्रदेशबाट पाँच पाँच केन्द्रिय सदस्यहरु निर्वाचित भएर आउनुपर्ने छ ।

त्यस्तै महिला तीस सीट,दलित वाट दस ,अन्य जाति तथा समावेशि वाट पच्चीस,खुल्ला प्रतिस्पर्धा बाट ३५, पदाधिकारीको लागि २५ युरोपक्षेत्र  हेर्ने एक उपाध्यक्ष सहित कुल १७५ जनाको केन्द्रिय समितिको बडि वन्ने महाधिवेशनले पारित गरेको छ ।

 अधिवक्ता चेतबहादुर आले मगर संयोजक रहेको  ५ सदस्यीय निर्वाचन मण्डल समेत गठन गरेको छ । जसको सदस्यमा अधिवक्ता विके राना मगर,थर्कमान तुम्वाहाम्फे,एलवी गोतामे र इन्द्र दर्लामी चयन भएका छन् ।

पार्टीको नयां नेत्तृव चयन गर्दै भोलि ३० गते महाधिवेशन सम्पन्न हुदै छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %