देवदहमा आयोजित एक कृषि कार्यक्रम सम्पन्न

Read Time:3 Minute, 10 Second

गोविन्द घर्ती

 जेठ ,२८ – पशुपालक कृषकलाई दानामा राज्यले अनुदान दिनु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले राज्यले कृषकहरुलाई राहत नदिदा सम्म दुधको उत्पादनमा बृद्धि हुन नसक्नेमा जोड दिएका थिए । महामाया पशुपालन समिति देवदहद्धारा देवदह–१, पेटवनियामा आयोजित पशु स्वास्थ्य तथा वाझोपन निवारण निशुल्क शिविरमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।

कार्यक्रममा बोल्ने वक्ताहरुले दुधको लागत घटाउन कृषकहरु घास खेती तर्फ लाग्नु पर्नमा जोड दिएका थिए । उनीहरुले आर्थिक उपार्जनको प्रमुख श्रोतको रुपमा रहेको पशुपालनलाई व्यवसायीकरण गर्दै लैजानु पर्ने बताएका थिए । सोही कार्यक्रममा बोल्दै जिल्ला पशुसेवा कार्यालय रुपन्देहीका कार्यालय प्रमुख डा. गान्धीराज उपाध्यायले पशुमा देखिएको समस्या निकारण गर्न पशु स्वास्थ्य शिविरले महत्वपूर्ण भूमिका खेल्ने भएकाले बेलाबेलामा यस्ता स्वास्थ्य शिविर संचालन गर्नुपर्नेमा जोड दिनु भयो ।

उहाले पशुपालन गरी दुधबाट आत्मनिर्भर बन्ने सक्ने भएकाले पशुको स्वास्थ्यमा कृषकहरुले ख्याल गर्नुपर्नेमा जोड दिनु भयो । महामाया पशुपालन समिति देवदहका अध्यक्ष विष्णुप्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला पशुसेवा कार्यालय रुपन्देहीका डा. रुपनारायण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका प्रजापति सापकोटा, देवदह दुग्ध उत्पादक सहकारीका प्रकाश अर्याल, माथागढी दुग्ध सहकारीका मिनप्रसाद ढुगाना लगायतले बोल्दै वाझोपनका कारण कृषकहरु समस्यमा परेको बेलामा पशुस्वास्थ्य शिविरको आयोजना गरेर ठूलो काम गरेको बताएका थिए ।

शिविरमा वाख्रा, गाई, भैसीको स्वास्थ्य प्ररिक्षण गरिनुको साथै औषध समेत निशुल्क प्रदान गरिएको थियो । समितिका कोषाध्यक्ष यज्ञप्रसाद अर्यालको स्वागत र ईन्द्रबहादुर खड्काको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । शिविर सम्पन्न गर्न देवदह नगरपालिकाले आर्थिक सहयोग, जिल्ला पशुसेवा कार्यालय, पशु सेवा केन्द्र देवदहले प्राविधिक सहयोग गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %