मिर्मी क्याम्पसमा उद्धघोषणकला सुरु

Read Time:3 Minute, 9 Second

विनोद रखाली मगर

गल्याङ्, जेष्ठ २६ – नेपाल विद्यार्थी संघ मिर्मी वहुमुखी क्याम्पसको आयोजनामा ४ दिने उद्धघोषणकला तथा नेतृत्व विकाश तालिम मिर्मी वहुमुखी क्याम्पसमा सुरु भएको छ ।

कार्यक्रमको उद्धघाटन गर्दै नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति स्याङ्जाका अध्यक्ष अजित क्षेत्रीले क्याम्पस तहमा अध्ययनरत युवा विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने कार्यमा तालिम सहयोगी हुने वताए । क्षेत्रीले प्रत्येक व्यक्तिहरु वोलिरहदा, शैलीको अभाव हुने भन्दै वोल्ने कार्य एक कला भएको भन्दै सवै प्रशिक्षार्थीलाई तालिमको सहि प्रयोग गर्न आग्रह गरे ।

मिर्मि वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पिताम्वर भट्टराई , नेपाल तरुण दल स्याङ्जाका सचिव चन्द्र राना मगर , तालिमका प्रमुख प्रशिक्षक , लक्ष्मी टेलिभिजनका स्टेशन म्यानेजर विनोद रखाली मगर , नेपाल विद्यार्थी संघ क्षेत्र न. ३ का सभापति धनराज पौडेल, नेपाली काङ्ग्रेस कृष्णगण्डकी गाँउ कार्य समितिका सभापति शालिग्राम न्यौपाने , नेपाल विद्यार्थी संघ क्षेत्र न. ३ का सचिव खगेन्द्र भण्डारी , कोषाध्यक्ष प्रदिप पाण्डे प्रतिकार , गल्याङ् वहुमुखी क्याम्पसका कार्यवाहक सभापति प्रेम नारायण रेग्मी , नेपाल विद्यार्थी संघका नेतृ प्रतिमा पाठक, साधना न्यौपाने लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

निशुल्क प्रदान गरिएको उक्त तालिम अवधिभर युवा सन्चारकर्मी , लक्ष्मी टेलिभिजनका स्टेशन म्यानेजर विनोद रखाली मगर , सन्चारकर्मी संघ नेपालका केन्द्रीय सचिव खगेन्द्र भण्डारी , सन्चारकर्मी प्रेम रेग्मी ले सहजीकरण गर्ने आयोजकले जनाएका छन् । तालिममा ६० जना प्रशिक्षार्थी सहभागी रहेका छन् । 

सहभागी जेष्ठ २९ गते समापन गरीने तालिम उद्धघाटन समारोहको स्वागत मन्तव्य अमृता भट्टराई , सन्चालन नेपाल विद्यार्थी संघ मिर्मि वहुमुखी क्याम्पसका सचिव रमेश पाण्डे र क्याम्पस समिति अध्यक्ष रेष्मीराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %