ढेकावरको वडा कार्यलय प्रागणमा गरिएको शान्ति स्तम्भको उद्घाटन

Read Time:3 Minute, 13 Second

गोविन्द घर्ती

 देवदह, जेठ २५ – रुपन्देहीको देवदह–२, ढेकावरको वडा कार्यलय प्रागणमा निर्माण गरिएको शान्ति स्तम्भको उद्घाटन गरिएको छ । स्थानीय शान्ति समिति देवदहले निर्माण गरेको शान्ति स्तम्भको एक कार्यक्रमका वीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले उद्घाटन गर्नु भएको हो । करिव सवा ३ लाखमा निर्माण भएको शान्ति स्तम्भको लागि नगरपालिकाले १ लाख, युएसआईडि, केयर नेपाल, नमूना एकिकृत विकास समितिले १ लाख ६९ हजार र स्थानीय संघसंस्थाहरुको सहयोगमा निर्माण सम्पन्न गरिएको हो ।

द्धन्द्धकालिन अवस्थामा सहीत भएका तथा द्धन्द्धपिडितहरुको सम्झनामा उक्त शान्ति स्तम्भ निर्माण गरिएको स्थानीय शान्ति समितिले जनाएको छ । शान्ति स्तम्भ उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले संविधान कार्यान्वयन भएमात्र देशमा शान्ति स्थापना हुने बताएका थिए । उनीहरुले देश र समाजमा शान्ति स्थापित गर्न सवै आ–आफनो ठाउबाट लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले समाज विकासको लागि दलित स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने बताएका थिए ।

स्थानीय शान्ति समिति देवदहका संयोजक मोतीलाल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, नमूना एकिकृत विकास परिषदका ज्ञानु पौडेल, शान्ति सम्वाद परियोजनाका बिमला पुरी, नेपाली काग्रेसका जिल्ला सदस्य वासुदेव रिमाल, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य टिका गौतम, राष्ट्रिय प्रजातन्त्र पाटीका माधव रिमाल, नेकपा एमालेका खैराज शर्मा लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

सो अवसरमा शान्ति स्तम्भ निर्माण गर्न सहयोग गर्ने विभिन्न संघसंस्थालाई कदरपत्र र द्धन्द्धपिडितहरुलाई सम्मान गरिएको थियो । शान्ति स्तम्भ निर्माण समितिका अध्यक्ष रुमबहादुर गोतामेले स्तम्भ निर्माण गर्दा भएको खर्च विवरण सार्वजनिक गर्नु भएको थियो । राजु काप्mलेको स्वागत र मेघनाथ पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %