कमल चौधरी
बुटवल,जेठ २४ – तमू ह्यूला छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद् र तमू माङ्गी छोंज धीं जिल्ला कार्य समिति रुपन्देहीको संयुक्त अयोजनामा वुटवल–९ शिवनगर स्थित गुरुङ्ग डाँडामा ३० लाखको लगानीमा सोमबार एक कार्यक्रमका बीच तमू सव भट्टीको शिलान्यास भएको छ ।
उक्त तमू सवभट्टीको शिलान्यास गुरुङ्ग राष्ट्रिय परिषद्का पूर्व केन्द्रीय संगठन सचिव राजु गुरुङ्गले गर्नुभएको हो । उहाँले शिलान्यास कार्यक्रममा बोल्दै तमू र भट्टी(घट) बीच सामाजिक, सांस्कृति सम्बन्ध रहेको बताउनुभयो । गुरुङ्गले तमू समुदायको सांस्कृति संरक्षण र प्रवद्र्धनको लागि संसदीय विकाश कोषबाट आवश्यक रकम छुट्याउन पहल गर्ने प्रतिबद्धता समेत गर्नुभयो । त्यस्तै तमू ह्यूल छोंज धीं गुरुङ्ग रष्ट्रिय परिषदका जिल्ला कोषध्यक्ष एल. वि गुरुङ्गले सवभट्टी निर्माणको लागि रु १७ लाख नगद संकलन भैसकेको बताउनुभयो । उहाँले सवभट्टी निर्माणको लागि विभिन्न संघ संस्थाहरुबाट आर्थिक सहयोग भैरहेको र ३० लाखको लगानीमा सवभट्टी निर्माणगर्ने योजना रहेको बताउनुभयो ।
तमू ह्यूला छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद्का जिल्ला अध्यक्ष सुर्जेलाल गुरुङ्गको अध्यक्षता, सव भट्टी निर्माण समितका संयोजक विमला गुरुङ्गको स्वागत रहेको कार्यक्रममा ओम प्रकाश गुरुङ्ग, जे.वी गुरुङ्ग, शिवनगर वन उपभोक्ता समितिका उपाध्यक्ष भरत गिरी, नगर अध्यक्ष शेर बहादुर गुरुङ्ग लगायतले बोल्दै सवभट्टीलाई आधुनिक र वातावरणमैत्री तरिकाबाट बनाउँन लागेको बताए ।
सवभट्टी शिलान्यास कार्यक्रममा माङ्गी जिल्ला समितीका अध्यक्ष कुमारी गुरुङ्गले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने तमू ह्यूला छोंज धीं जिल्ला सचिव दिपक गुरुको संचालनमा सम्पन्न भएको थियो ।
