स्वास्थ्य चौकीका प्रमुख सहित परिवारका चार जना बिरामी,
देब पचभैया
पाल्पा, जेठ २४ – जंगली च्याउ खादा तानसेन–१० भुसलडाडाकी १७ बर्षिया विमा पचभैयाको ज्यान गएको छ ।
उहाको उपचारका क्रममा सोमबार युनाईटेड मिसन अस्पतालमा ज्यान गएको हो । च्याउ खादा बिरामा परेका बिमाका श्रीमान् दर्लमडाडा उपस्वास्थ्य चौकीका प्रमुख भुवन पचभैयाको युनाईटेड मिशन अस्पतालमा उपचार भैरहेको छ । जंगली च्याउ खादा स्वास्थ्य कर्मी पचभैयाको परिवारका ५ जना बिरामी परेका हुन् ।
उहाका ५१ बर्षिया आमा, दाजु तारा र भाउजु तिर्सना उपचार पछि घर फर्किएका छन् । प्रहरीका अनुसार घर माथि रहेको श्रीनगरको जंगलबाट ल्याएको सल्ले च्याउ उनीहरुले बुधबार बेलुकी पकाएर खाएका थिए । बिहिबार बिहान च्याउ खाएका सबैलाई पेट दुख्ने, पखाला लाग्ने भएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको थियो ।
श्रीनगर डाडामा घुम्न जादा ल्याएको च्याउको ३ वटा कोपिला पकाएर खादा सबै बिरामी परेको भुवनका आमाले जनाएका छन ।
