राज्यसत्ता,
काठमाण्डौ, जेठ २४ – आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले गोरेबहादुर खपाङ्गीमगरलाइ एक लाख रुपैयाँ सहयोग गर्ने भएका छन ।
गुरूङले भने खपाङ्गीमगर नेपालको आदिवासी जनजाती आन्दोलनका धरोहर हुनुहुन्छ । वहाँ प्रति मेरो श्रद्धा छ, वहाँ अहिले अचेत अवस्थामा हुनुहुन्छ । म चाँडै वहाँको स्वास्थ्य स्थिती वुझ्न आउँदैछु । मैले पत्रकारहरु सँग पनि कुराकानी गरिसकेको छु । चाँडै पत्रकारहरुको रोहवरमा वहाँको उपचारको लागि मेरो तर्फबाट एक लाख रुपैयाँ सहयोग गर्नेछु । यो नै मेरो पहिलो काम हुनेछ ।
गोरेबहादुर खपाङ्गी फाउण्डेशनका अध्यक्ष हुमबहादुर थापामगर र उपाध्यक्ष रूद्र गुर्मछान मगर सँगको भेटघाटमा वहाँकै कार्यकक्षमा उक्त कुरा व्यक्त गरेका हुन ।
विगत नौ महिना देखि नेतृत्व विहीन अवस्थामा रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा नयाँ नेतृत्व नियुक्ती भई २०७३ बैशाख २९ गते बुधबार देखि पद बहाली भएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्ष पदमा राप्रपा नेपालका सुदुर पश्चिमाञ्चल संयोजक तथा जुझारु जनजाति नेता श्री चन्द्र बहादुर गुरुङ्ग नेपाल सरकार मन्त्री परिषदको निर्णयानुसार नियुक्त हुनु भएको छ ।
त्यस्तै गरी प्रतिष्ठानको सदस्य सचिव पदमा श्री गोविन्दलाल माझी पद बहाली हुनु भएको छ । माझी नेकपा एमाले बाट उक्त पदमा पद बहाली हुनु भएको हो । उहा सिन्धुली निवासी हुनुहुन्छ ।
