कतारमा आदिबासी जनजाती महासंघले प्रशिक्षण कार्यक्रम भब्य संपन्न गर्‍यो

Read Time:5 Minute, 55 Second
कृष्ण सारू मगर

दोहा-कतार ५ जुन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ समन्वय परिषद कतारले प्रशिक्षण कार्यक्रम दोहाको मुन्ताजा स्थित भुईयान रेष्टुरेन्टको सभाहलमा 
“पहिचान सहितको संघियता, संघियता सहितको संविधान !
पुर्ण समानुपातिक, समावेशी, प्रतिनिधित्व प्रति हाम्रो अडान !!
भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका प्रवक्ता डा.ओम गुरूङले विभिन्न आदिवासी जनजातिहरूका बारे संघका अध्यक्ष सियाराम चौधरीको सभापतित्वमा गएको ०३ जुन सुक्रबारका दिन दोहाको मुन्ताजा स्थित भुईयान रेष्टुरेन्टको सभाहलमा प्रशिक्षण कार्यक्रम भब्य संपन्न गरेको छ ।
विषेश अतिथि संस्थापक सदस्यले ब्यानर अनावरण, प्रमुख अतिथि, र कार्यक्रम सभाध्यक्षले राष्ट्रिय धुन संगै संयुक्तरूपमा शान्तिका द्धिप प्रज्वलन गर्दै ज्ञात अज्ञात सहिद प्रति एक मिनेट मौन धारण पश्चात् अौपचारिक कार्यक्रम अगाडि बढेको थियो ।
विषेश अतिथिहरूमा संस्थापक सदस्य दिल किरण खाजुम, विल कुमार गुरूङ, सुक बहादुर तामाङ, सल्लाहकार सदस्य देव बहादुर राना मगर, चन्द्रशेर राई र अतिथिहरूमा नेपाल मगर संघ शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगर, किराँत याक्थुङ चुम्लुङका मान बहादुर आङ्वो, तमु (गुरूङ) समाजका खेम गुरूङ, किराँत राई यायोक्खाका अमृत कुमार राई, प्रवासी तामाङ समाजका थर्च लामा, थारू कल्याणकारी सभा च्याप्टरका अन्जनी कुमार पजियार, भुजेल सेवा समाजका नियम भुजेल, सुनुवार सेवा समाजका नर बहादुर सुनुवार, नेवा: पुचका उपेन रत्न शाक्य र नेपाल धनुज सेवा समाजका राम कुमार मंडल पाहुनागणलाई नेपाली महिला समाजकी संस्थापक अध्यक्ष समेत रहेकी संघका महिला विभाग सचिव रेखा राईले पवित्र खादाले स्वागत गरेकी थिइन् ।
प्रशिक्षण सभालाई संवोधन गर्दै डा.गुरुङले भने  शासन, शक्ति र राज्यसत्तालाई मुट्ठीमा लिई ती यथास्थितिवादीले आदिवासी जनजातिहरूको ईतिहास, भाषा, धर्म, संस्कृति पहिचानलाई दमन, शोषण, अन्याय, अत्याचार राज्यको विभिन्न अंग बाट विभेद गरेका समुदाय हुन् साथै एकाध्मकवादीले वर्गीकरण गरी जात/जाति र आदिवासी/जनजाति अलग-अलग हुन् भनि जुन गलत ढंग बाट विष्लेशण गर्न खोजिएको छ त्यो सरासर भ्रम हो । त्यस्ता भ्रममुखी सब्द सृजनाको जालझेलमा नपरी सतर्क र सावधान रहन आग्रह गर्दै उहाले थप्दै भन्नू भयो की अन्तराष्ट्रिय मानव अधिकारवादी संस्था संयुक्त राष्ट्र संघको ऐन ILO १६९ को विधानले अंगिकार गरेको विश्व मान्यता अनुसार Origin, Native, Aboriginal, Indigenous जसरी सम्बोधन गरे पनि शाब्दिक अर्थ एउटै लाग्छ भन्दै २०५८ मा राज्यले नेपाली आदिवासी जनजातिको ५९ बाट बढेर हाल ८१ नेपाल सरकार अभिलेख सुचीमा दर्ता समेत भै सकेको अवगत गर्दै प्रशिक्षार्थीहरूको विविध जिज्ञासाको विषयलाई सरल ढंग बाट विधुतिय प्रविधि (प्रोजेक्टर)को सह्योगमा देखाउँदै प्रशिक्षक डा. गुरूङले यसरी प्रष्ट्याएका थिए ।
विभिन्न १२ वटा सकृय मातृ संस्थामा आवद्ध रहेका उत्साहित प्रशिक्षार्थीहरूले विभिन्न देशमा स्थापित महासंघले समय-समयमा यस्ता महत्त्वपूर्ण सचेतनात्मक प्रशिक्षण कार्यक्रम अभियान चलाउनु पर्ने उपस्थित प्रशिक्षार्थीहरूको धारणा थियोे ।
कतारमा महासंघले पहिलो पटक भएको समय सापेक्ष माग र महत्वकाँक्षा प्रशिक्षण कार्यक्रम निकै उत्साहित मुद्रामा भब्य र सभ्य सफल बनाउन सभाहल कक्षको क्षमता भन्दा दोब्बर सहभागि प्रति हार्दिक आभार प्रकट गर्दै सभाध्यक्ष चौधरीले अौपचारिक कार्यक्रम विसर्जन भएको घोषणा गरेका थिए ।
विविध समस्याका बावजुद पनि प्रशिक्षणमा सहभागीलाई द्धितिय उप-अध्यक्ष लिलम चिदी मगरले विशेष धन्यवाद ज्ञापन दिए भने प्रथम उप-अध्यक्ष देवराज राईको स्वागत तथा महासचिव पुरूषोतम सुनुवारको संचालनमा कार्यक्रम संपन्न गरेको थियो ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %