मगर संघ साउदी अरेबीया द्वारा सत्यवती प्रा.वि.लाई शैक्षिक सामाग्री प्रदान

Read Time:4 Minute, 16 Second

कमल चौधरी

 पाल्पा, जेठ २३-नेपाल मगर संघ शाखा साउदी अरेबीयाले विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । नेपाल मगर संघका वरिष्ठ उपाध्यक्ष युवराज पुनले एक कार्यक्रमका बीच श्री सत्यवती प्राथमिक विद्यालय पाल्पा लाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको हो । उहाँले सत्यवती प्राथमिक विद्यालय कोलडाँडा–१ का प्रध्यापक जित बहादुर पल्लीलाई ४ वटा ह्वाईट वोर्ड, १ वटा रुस्टम, ४ वटा दस्तर र ४ वटा मार्कर गरी बीस हजार बाराबरको शैक्षिक समाग्री हस्तान्तरण गर्नु भयो । विद्यालयको  शैक्षिक तथा भौतिक अवस्थामा केही मात्रामा भएपनि सुधार ल्याउने उद्देश्यले नेपाल मगर संघ शाखा साउदी अरेबीयाले सहयोग गरेको वरिष्ठ उपाध्यक्ष पुनले जानकारी दिनुभयो । विद्यालयको प्रगतिको कामना गर्दे उहाले अगामी दिनहरुमा पनि विद्यालाई आवश्यक सामाग्रीहरु संघले प्रदान गर्ने जानकारी दिनुभयो ।  

कोल्डाँडामा आदिवासी जनजाति समुदाय मध्येका मगर समुदायको मात्रै बसोबास रहेको आदिवासी जनजाति वर्ग उत्थान समन्वय समिति कोलडाँडाका अध्यक्ष नारायण गाहाले बताउनुभयो । उहाँले यस क्षेत्र भौगोलिक रुपबाट दुर्गम भएको हुनाले आधारभुत पूर्वधारहरुको निकै समस्या रहेको भन्दै विद्यालयको सुधारको लागि सरकारी तथा गैह्र सरकारी संघ–संस्थाले सहयोग गर्नुपर्नेमा जोड दिुनभयो । विद्यालका प्रचार्य जित बहादु पल्लीले विद्यालयमा प्रर्याप्त स्थायी शिक्षक नहुँदा सस्ती खेप्नु परेको गुनासो गर्नुभयो ।

उहाँले प्रा.वि. सम्मको कक्षा संचालनको लागि ३ जना शिक्षाको मात्रै दरबन्दी रहेको हुँदा, अन्य निजी स्रोतका शिक्षकहरुलाई तलब भत्ता दिनको लागि चन्दा संकालन गर्नुपर्ने बताउनुभयो । बर्षेनी कोलडाँडा बासिन्दाहरुले प्रत्येक घरधुरीबाट रु ५० रुपैयाको दरले चन्दा उठाएर विद्यालय संचालन गर्दै आएको प्रध्यापक पल्लीले जानकारी दिनुभयो । जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति गोपाल के.सी.ले विद्यालयको संख्याको आधारमा शिक्षक दरबन्दी नियुक्ति गर्नु परेको बताउनुभयो ।

उहाँले कोलडाँडामा विद्यार्थीको संख्या कम भएको हुँदा शिक्षक दरबन्दी कम रहेको बताउनुभयो । कार्यक्रममा समाजसेवी दिलमाया सुनारी, विद्यालका सल्लाहकार दान बहादुर गाहा, संघीय एक्सप्रेस अर्धसाप्ताहिकका उप–सम्पदाक कमल चौधरी, विद्यालय व्यवस्थापन समितिका सदस्य लिला घर्ती, शिक्षक कुमार बह्रघारे लगायतले शुभकामना दिदै विद्यालयले शैक्षिक रुपमा सुधार गर्दै लैजानु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा युवराज पुन र समाजसेवी दिलमाया सुनारी मगरलाई विद्यालयले मायाको चिनो प्रदान गरेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर सुनारी मगरको अध्यक्षता, शिक्षक मती कुमारी गाहाको स्वागत र शिक्षक राकेश ठाकुरको संचालनमा सम्पन्न भएको थियो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %