मदनपोखराका कृषकलाई भाग्वा जातको अनार खेतीमा सफलता

Read Time:1 Minute, 46 Second

देब पचभैया

पाल्पा, जेठ २१-मदनपोखरा–५ पाल्पाका अगुवा कृषक नगेन्द्रराज पाण्डेले नेपालमै पहिलोपटक भाग्वा जातको अनार खेती गरेर सफल परीक्षण गरेका छन । भारत र थाइल्याण्डबाट बिरुवा ल्याएर रोपिएको भाग्वा जातको अनारखेती सफल भएपछि नेपालका मध्यपहाडी अन्य जिल्लामा पनि यसको खेती सफल हुने पाण्डेले दाबी गरे ।

भाग्वा जातको अनारको बिरुवा आफ्नै बारीमा रोपेको दुई वर्ष नपुग्दै बोटमा लटरम्मै फल लागेपछि नेपालका मध्य पहाडी जिल्लाहरूमा यसको खेती सफल हुने पाण्डेको भनाई छ ।

८ रोपनी जग्गामा लगाईएको दुई सय वटा बिरुवाबाट फल लिने तयारीमा रहेको पाण्डेले एक बोटमा तीन देखि पाँच किलो अनारको दाना लागेका बताए । भाग्वा जातको अनार चितवन र पाल्पामा मात्र खेती भएको पाण्डेको दावी छ ।

चितवनमा एक जना कृषि विज्ञले अनुसन्धानका लागि भाग्वा जातको अनार हुर्काएको जानकारी दिदैँ पाण्डेले आफूले भने व्यावसायिक रुपमा यसको खेती गरेको जानकारी दिए । भाग्वा जातको अनार खेती नेपालका पहाडी जिल्लामा खेती भए भारतबाट नेपालमा आउने लाखौँ टन अनार आयात रोकिने र विदेशमा निर्यात गर्न सकिने पाण्डेको भनाई छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %