कोरियामा एक नेपालीको मृत्यु

Read Time:1 Minute, 57 Second

देब पचभैया
पाल्पा, जेठ २०

औधोगिक दुर्घटनामा परि कोरियामा एक नेपालीको ज्यान गएको छ । सोल दक्षिण कोरियामा कार्यरत पाल्पा चिदिपानी २ का याम बहादुर थापा मगरको बुधबार दिउसो ज्यान गएको हो ।
सोलुमा रहेको थेजाङ् जेझी नामक पेपरमील कम्पनीमा कार्यरत थापा केमिकल ट्याङ्की सफा गर्ने क्रममा बेहोस भएको र उपचारको लागी अस्पताल लैजादै गर्दा उनको बाटोमै ज्यान गएको कोरिया पाल्पा सम्पर्क समितिका सुशिल गाहाले जानकारी दिए । ट्याङ्की सफा गर्ने क्रममा अन्य चार जना पनि बेहोस भएका थिए ।
उनीहरु सबैलाई एकै साथ अस्पताल पुर्याईए पनि याम बहादुरको भने बाटोमै ज्यान गएको थियो । उनको शब स्थानिय अस्पतालमा राखिएको छ । उनी ईपियस मार्फत २३ महिना अघि कोरिया पुगेका थिए । सो कम्पनीमा अन्य ३ जना नेपाली पनि कार्यरत रहेको बताईएको छ । ज्यान गुमाउने थापाको श्रीमती र एक सन्तान छन् । उनका दाजु पनि कोरियाकै बुसानमा कार्यरत रहेको गाहाले जानकारी दिए । घटनाको बारेमा प्रहरी र नेपाली राजदुतावासलाई जानकारी गराईएको त्याहा कार्यरत नेपालीहरुले जनाएका छन् ।
पछिल्लो समयमा औधोगिक दुर्घटनामा नेपालीको ज्यान जाने क्रम बढिरहेको छ । तर यस्ता दुर्घटनामाथि बास्तविक घटनाको बारेमा छानबिन भने हुन नसकेको बताईएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %