सञ्जय सिंजाली मगर
काठमाण्डौं,जेठ १९– बर्ष ४१ का जानुका ढुङगानाको ललितपुर ग्वार्को स्थित बि एण्ड बि हस्पिटलमा डा.को लापरबाहीले मृत्यु भएको छ ।जेठ १३ गते बेलुकी ८ः१० बजे तिनकुने गैरी गाँउ जाने ठाउँ स्थित आफ्ना श्रीमान होम प्रसाद ढुङगाना संग संगै हिड्दै गरेको अवस्थामा न.३.ख ४९५३ को कन्टेनरको गाडीले उनलाई ठक्कर दिई करिब १० मिटर सम्म गाडीले लतारेर लगेको थियो ।
जानुकालाई सिभील अस्पताल नया बानेश्वरमा प्राथमिक उपचार पछि ग्वार्को स्थित बि एण्ड बि अस्पतालमा राती ११ बजे पुरयाईको थियो । उनको टाउकोको पछाडी दाईने पट्टि सामान्य चोट लागेको भएता पनि बाया खुट्टा कामै नलाग्ने भएको थियो । १४ गते जानुकाको भाँचिएको बाया खुट्टा काटियो ,अब म बाँचे जानुकाले भनिन् । तर, जेठको १८ गते बिहान डा.ले बाहिर बाट दवाई ल्याउन उनका श्रीमान होम प्रसाद ढुङगानालाई भनियो । बिरामीको कुरुवामा रहेका उनका छोरी ज्वाई राजन गौतम र श्रीमान थिए ।करिब रु २५०० को दवाई ११ बजे तिर डा.लाई हस्तान्तरण गरियो । एक छिन पछि दवाइको प्रिकिप्सन पनि डा.ले नै मागेर लगे । जेठको १८ गते १२ बजे तिर जानुका लाई ११ बजे सम्म अब म बाँचे भन्दै बोलेका जानुकालाई तर पछि डा. ले मृत्यु घोषण गरिदियो ।
ठक्करदिने कन्टेनरको समितिले उपचार खर्च धेरै दिनु पर्ने हुदाँ ठुलै नेताको निर्देशनमा डा. ले जानुकालाई मारेको हुन सक्ने भन्दै आज १९ गते बि एण्ड बि बाहिर मृतकका आफन्तले डा. र बि एण्ड बि हस्पिटल बिरुद्ध आन्दोलित थिए। बि एण्ड बि हस्पिटल भित्र शसस्त्र प्रहरी तैनाथ थिए भने,छानबिनका लागि प्रहरी अधिकृतहरु हस्पिटल भित्र प्रवेश गरेका थिए । यस घटनाको वारेमा सत्य तथ्य छानविनको लागि मृतकका आफन्तहरुले माग गरेका छन् ।
