समाजसेवी दुर्गा गुरुङ ‘मिलन’को आर्थिक सहयोगमा मिलन फाउण्डेशन नेपालद्वारा कुश्मामा डसविन वितरण

Read Time:3 Minute, 28 Second

रूद्र श्रीसमगर

कुश्मा, १६ जेठ

मिलन फाउण्डेशन नेपालद्वारा फाउण्डेशनका संरक्षक दुर्गा गुरुङ ‘मिलन’को आर्थिक सहयोगमा नेपालकै अग्लो झोलुङ्गे पुल, पिस पार्क तथा अलपेश्वर पर्यटकीय गुफा संरक्षण केन्द्रका लागि आठ थान डसवीन वितरण गरिएको छ ।

मिलन फाउण्डेशन नेपालका कार्यवाहक अध्यक्ष क्या. हितकाजी गुरुङको अध्यक्षता तथा प्रगतिशील आमा समूह दुर्लुङकी अध्यक्ष धनमाया गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक हर्कराज पन्त, बुद्ध धर्म सेवा समिति गोपाङघाट गुम्बाका अध्यक्ष दम बहादुर गुरुङ, मोदीकाली बुद्ध सेवा समितिका सचिव जयन्द्रमान गुरुङ, सिसेप नेपालका अध्यक्ष थमनारायण पौडेल, अलपेश्वर पर्यटकीय समितिका सदस्य सत्यदेवी शर्मा, सिसेप पार्क निर्माण समितिका अध्यक्ष एवं कुश्मा–ज्ञादी झोलुङ्गे पुल संरक्षण समितिका सचिव टंकनाथ लामिछाने, राष्ट्रिय तेक्वान्दो संघ नेपालका केन्द्रीय सदस्य विकास रसाइली, राष्ट्रिय तेक्वान्दो संघ नेपालका सचिव कमल थापा, सचिव युवराज पुन, सहसचिव आनन्द वि.क., वरिष्ठ प्रशिक्षक सूर्य रसाइली, पर्वत मिलन क्लबका सचिव विनोद विक्रम पोखरेल, बालकृष्ण शर्मा, मिलन फाउण्डेशन नेपालका कोषाध्यक्ष देउकी सिंजाली ‘दिपिका मिलन’, कार्यसमिति सदस्य गौरी गुरुङ ‘मिलन’लगायतले फाउण्डेशनका संरक्षक एवं समाजसेवी गुरुङले शिक्षा, स्वास्थ्य र वातावरणीय सरसफाइका क्षेत्रमा अतुलनीय योगदान दिएको उल्लेख गरे ।

मिलन फाउण्डेशन नेपालका सह–सचिव कमल थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन मिलन फाउण्डेशन नेपालका सचिव मदन गुरुङले गरेका थिए । हाल हङकङमा रहेका फाउण्डेशनका संरक्षक एवं समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले आफ्नो जन्मभूमिका लागि केही गरौं भन्ने हिसाबले आफूले विभिन्न सामाजिक कार्यमा दुःख गरी कमाएको केही रकम सहयोग गर्दै आएको बताएका थिए ।

हाल हङकङमै रहँदै आएका फाउण्डेशनका अध्यक्ष गंगा गुरुङले फाउण्डेशनले पश्चिम नेपालका ग्रामीण क्षेत्रमा सामाजिक कार्यमा आफूलाई क्रियाशील गराइरहेको जानकारी दिए । फाउण्डेशनले शिक्षा, स्वास्थ्य एवं वातावरणका क्षेत्रमा सानै भएपनि विभिन्न सहयोगलाई निरन्तरता दिँदै आएको अध्यक्ष गुरुङले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %