रूद्र श्रीसमगर
पोखरा, १६ जेठपोखरा–१०, रामघाटस्थित लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले धौलागिरी अञ्चलका तीन जिल्ला बागलुङ, म्याग्दी र पर्वतका विभिन्न स्थानको अवलोकन भ्रमण सम्पन्न गरेको छ । बागलुङ बजार, बागलुङ कालिका माईको मन्दिर, बेनी बजार, गलेश्वरधाम, नेपालकै अग्लो र लामो झोलुङ्गे पुल, कुश्मा बजार, त्यहाँस्थित विभिन्न कृषि फार्महरूको सहकारीका सञ्चालक समितिका पदाधिकारी एवं शेयर सदस्यहरूले शनिबार अवलोकन भ्रमण गरेका हुन् ।
सहकारीका शेयर सदस्यहरूलाई विभिन्न स्थानका बारेमा जानकारी गराउने तथा व्यवसायिक कृषि प्रणालीका बारेमा बुझाउने उद्देश्यले अवलोकन भ्रमणको आयोजना गरिएको अध्यक्ष पूर्ण बहादुर रानामगरले जानकारी दिए । अवलोकन भ्रमणमा शेयर सदस्य एवं तिनका परिवारसहित गरेर ६२ जनाको सहभागीता रहेको थियो ।
