मनिषाको पोष्टमार्टम् रिपोर्ट आउने अझै दुई दिन लाग्ने

Read Time:3 Minute, 17 Second

देव पचभैया


पोलीग्राफ सोमबार हुदै, पोष्टमार्टम् रिपोर्ट आउने अझै दुई दिन लाग्ने

नवलपरासी, जेठ १७

फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषाको हत्या वा आत्महत्या हो भन्ने विषयमा गर्ने भनिएको पोलीग्राफ सोमबार हुदै छ । पोलीग्राफीको टोली काठमाण्डौ बाट आईतबार बेलुकी नवलपरासी आएकाले सोमबार दिउसो पहिलो चरणमा अभियुक्त आशिष भनिने रुद्र नारायण चौधरी माथि पोलीग्राफ गरिने जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका थिए । पोलिग्राफ झुटो बोलेको पत्ता लगाउने अत्याधुनिक मेशिन हो ।
पोष्टमाटर्म सम्बन्धि विस्तृत रिपोर्ट आउन अझै दुई दिन लाग्ने प्रहरीको भनाई छ । पोष्टमार्टमका लागि खटिएका डाक्टर काम विशेषले बाहिर रहेकोले विस्तृत रिपोर्ट आउन दुई दिन लाग्ने भएको सापकोटाले जानकारी दिए ।
मनिषाको हत्यामा संलग्न रहेको आशंकामा प्रक्राउ परेको उनका प्रेमी आशिष भन्ने रुद्र नारायण चौधरीले अझै पनि आफूले मनिषाको हत्या नगरेको दावी गरिरहेका छन् ।
उनले मनिषा घर एक्लै रहेको थाहा पाएपछि गएको र झगडा हुंदा दुई झापड हानेर घर बाहिर बरन्डामा आएर सुतेको र पछि फर्केर हेर्न जांदा झुण्डिएको अवस्थामा भेटेर झिक्दा मृत्यु भईसकेको दावी गर्दै आएका छन् । उनी प्रहरी नियन्त्रणमा छन् ।

सत्यतथ्य बाहिर ल्याउन माग गर्दे प्रदर्शन

मनिषाका आफन्त र स्थानीय बासिन्दाले छिटो भन्दा छिटो घटनाको बारेमा सत्यतथ्य सार्बजनिक गर्न माग गर्दे प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले आइतबार जिल्ला प्रशासन कार्यालय नवलपरासी र प्रहरी कार्यालय घेराउ गरी नाराबाजी गरेका छन् । हत्या लाई आत्महत्यामा मोड्न खोजिएको र दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै दबाबमूलक मोटरसाइकल र्यालीका साथै उनीहरुले प्रशासन घेराउ गरेका हुन् ।
प्रर्दशनकारीले प्रमुख जिल्ला अधिकारी महादेव पन्थ र प्रहरी उपरिक्षक राजेन्द्र चौधरीलाई भेटी घटनाको बारेमा यथार्थ जानकारी सार्बजनिक गर्न माग गरेका छन् । दोषिलाई कडा कारबाही नहुदा सम्म आन्दोलन जारी राख्ने पन्चनगरका बन्द्री सुवेदीले जानकारी दिए । गत बिहिबार मनिसा आफ्नै घरमा मृत भेटिएकी थिईन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %