बिजय कुमार मगर
दोहा कता- २७ मे २०१६ शुक्रबार नेपाल मगर संघ, शाखा कतार सनैया “बि” एरिया समितिको पाँचौ भेला सनैया “बि” एरिया समितिका अध्यक्ष धन बहादुर सारु मगरको अध्यक्षतामा र नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा सनैया “बि” एरिया समितिका सचिव फरियोज थापा मगर को संचालनमा सनैया ४४ लेफ्टमा अनबीव क्याम्पको भलिबल ग्राउन्डमा सम्पन्न भयो ।
उक्त एरिया भेलामा नेपाल मगर संघ, शाखा कतार केन्द्रिय समितिका महासचिव बिजय मगर, सचिव रबिन मगर, संगठनिक सचिव विवेक पुलामी मगर, सह कोषाध्यक्ष केशव घर्ती मगर सनैया “ए“ एरिया समितिका सहसचिव कर्ण थापा मगर र अलखोर एरिया समितिका अध्यक्ष मन कुमार रोकीम मगरको उपस्तिथि रहेको थियो ।
भेलामा बक्ताहरुले बोल्दै बक्ताहरुले संगठन के हो, यस को महत्व, नेपाल देखि कतार तथा अन्य प्रवासमा स्थापित भएको मगर संघहरुको भुमिका, यसको दायित्वको वारेमा जानकारी दिंदै सनैया “बि” एरिया समितिको पाँचौ भेलाको सफलताको शुभकामना दिएका थिए भने सनैया “बि” एरिया समितिका सचिव फरियोज थापा मगरबाट समितिको संगठानिक प्रतिबेदन र कोषाध्यक्ष बाट आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने उपस्तिथ सम्पुर्ण सदस्यहरूले सामान्य संशोधन गरी उक्त संगठनिक र आर्थिक प्रतिबेदनलाई ताली मारेर पारित गरिएको थियो । साथै सनैया “बि” एरिया समितिका उपाध्यक्ष नरेन्द्र ल्हायो मगर को सनैया बाट सरुवा भएर साहानिया जानू भएकोले उक्त पद हरी दर्लामी मगरलाई र अन्य रिक्त सदस्य पदहरुमा प्रेम पुन मगर र देउ बहादुर लुंगेली मगरलाई सर्वसहमतले चयन गरिएको थियोे ।
नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरले नेपाल मगर संघ, शाखा कतारले गर्दै आएका कामहरु र संस्थाले भाबी दिनमा गर्ने कार्ययोजना बारेमा जानकारी गराउनुका साथै सम्पुर्ण मगरहरुको एकताको आवश्यकता रहेको जानकारी दिएका थिए । पदपूर्ति भएका नयाँ सदस्यहरुलाई नेपाल मगर संघ, शाखा कतारमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
अन्त्यमा सनैया “बि” एरिया समितिका अध्यक्ष धन सारु मगरले उपस्थित सम्पुर्णलाई धन्यवाद दिनुहुदै सनैया “बि” एरिया समितिले आउदो दिनहरुमा केन्द्र संग हातमा हात मिलाइ अघि बढदै जाने प्रतिबद्ध गर्दै कार्यक्रम लाई समापन गरेका थिए ।