नेपाल मगर संघ शाखा कतार वक्रा एरिया समितिको भेला सम्पन्न

Read Time:2 Minute, 5 Second

बिजय कुमार मगर

दोहा कतार-२६ मे २०१६मा नेपाल मगर संघ शाखा कतार वक्रा एरिया समितिको भेला वक्रा एरिया समितिका अध्यक्ष अमृत थापा मगरको अध्यक्षता र नेपाल मगर संघ शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा संघको केन्द्रिय समितिका महासचिव बिजय मगर र केन्द्रिय सदस्य अभिमत पुन मगरको उपस्थितीमा वक्राको फेमिली पार्कमा वक्रा एरिया समितिका पदाधिकारी र अन्य मगरहरुको वाक्लो उपस्थितिमा सम्पन्न भएको छ ।

उक्त भेलामा वक्रा एरिया समितिका सचिव दिपक मगरले अहिले सम्मका समितिले भए गरेका सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष श्याम पुलामी मगरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई सर्वसहमतले पारित गरेको थियो । उक्त भेलावाट समितिमा रिक्त रहेको सदस्य पदमा क्रमश दिल मस्राङी मगर, सञ्जय पिठाकोठे मगर र विनोद सेर्पुजा मगरलाई पदपूर्ति गरेका छन ।

उक्त वक्रा एरिया समितिको कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरले पदपूर्ति भएका नयाँ सदस्यहरुलाई नेपाल मगर संघ शाखा कतारमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुका साथै संस्थाको बारेमा जानकारी र सदस्यहरुको संस्था प्रतिको जिम्मेवारीका बारेमा बताएका थिए । अन्त्य मा नेपाल मगर संघ शाखा कतार वक्रा एरिया समिति अध्यक्षले उपस्तिथ सम्पुर्णलाई धन्यवाद दिदै एरिया भेला लाई समापन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %