विदेशमा रहेका नेपालीले पनि अब चुनावमा भोट हाल्न पाउने !

Read Time:1 Minute, 18 Second

राज्यसत्ता,

काठमाण्डौ, जेठ १६ – सरकारले विदेशमा रहेका नेपालीले पनि अव हुने चुनाबमा भोट हाल्न पाउने ब्यवस्था गरेको छ ।

शनिबार संसदमा आर्थिक बर्ष २०७३÷०७४ को बजेट पेश गर्दे अर्थमन्त्री विष्णु पौडेलले विदेशमा रहेका सबै नेपालीले नेपालमा हुने संघ, प्रदेश र स्थानिय स्तरको निर्बाचनमा भोट हाल्न पाउने ब्यवस्था मिलाईएको जानकारी दिनुभएको हो । त्यसको लागी बिदेशमा रहेका हरुको मतदाता संकलन थालिने मन्त्री पौडेलको भनाई छ ।

३ करोड नेपाली मध्ये ५५ लाख विदेशमा रहेकाले उनीहरु मतदान प्रकृयामा सहभागी हुन पाएका थिएनन् । बिदेशमा बस्ने नेपालीहरुले लामो समय देखिनै बिदेशमा रहदा पनि नेपालमा हुने कुनै पनि निर्बाचनमा सहभागी हुन पाउ भनि पटक पटक सरकार समक्ष आग्रह गर्दे आएका थिए ।

सरकारको पछिल्लो निर्णयले आफुहरु हौसिएको विदेशमा बस्ने नेपालीहरु जनाएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %