मनिषा हत्या आरोपित चौधरीलाई जॉच्न पोलीग्राफ प्रगोग !

Read Time:2 Minute, 9 Second

देब पचभैया

काठमाण्डौ, जेठ १६ – नवलपरासी बर्दघाटकी १७ वर्षिया मनिषा घर्ती मगरको मृत्युमा संलग्न भनि प्रहरी हिरासतमा  रहेका आशिष भनिने रुद्रनारायण चौधरी माथि सही कुरा पत्ता लगाउन अत्याधुनिक मेशिन पोलीग्राफ प्रयोग गरिने भएको छ ।

प्रहरी बयानमा चौधरीले मनिषा आफ्नो प्रेमीका भएको र आफुले उनको हत्या नगरेको प्रहरी समक्ष दाबी गर्दे आएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार नवलपरासी तिलकपुका २२ बर्षिय आशिष चौधरीले दिएको बयान सही हो वा झुटो भनी पत्ता लगाउन पोलीग्राफ ( झुटो वा साचो पत्ता लगाउने आधुनिक यन्त्र ) प्रयोग गर्न लागिएको जानकारी दिएको हो ।

नवलपरासी बर्दघाट ८ पन्चनगरमा रहेको आफ्नै घरमा मनिसा बिहिबार बिहान मृत भेटिएकी थिईन् । घटनामा संलग्नताको आसंकामा प्रहरी नियन्त्रणमा रहेका चौधरीलाई ७ दिन म्याद थप गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरिक्षक राजेन्द्र चौधरीले जानकारी दिनुभयो ।

आशिष संगै पक्राउ परेका अर्का एक युवकको बारेमा भने प्रहरीले केही बताएको छैन । शब परिक्षण गरिएको काठमाण्डौ शिक्षण अस्पतालले पनि आईतबार नै रिपोर्ट शार्बजनिक गर्ने तयारी गरेको छ ।

अस्पतालले शब परिक्षण गरेसंगै शुक्रबार मनिशाको काठमाण्डौ आर्यघाटमा अन्त्येष्टी गरिएको छ । बैनी मनिशाको मृत्युको खबर सुनेर उपचारको लागी बेल्जियम रहेका फुटवलका राष्ट्रिय खेलाडी बिमल घर्ती शुक्रबार बिहानै नेपाल आएका थिए । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %