बुद्धको आमा माया देवीको जन्मस्थल बुद्धजयन्तीमा सुनसान

Read Time:6 Minute, 34 Second

गोविन्द घर्ती देवदह

२५६० औं बुद्धजयन्ती लुम्विनीमा भव्यरुपले मनाईएपनि भगवान गौतम बुद्धको मावली स्थल देवदह भने सुनसान रह्यो । देवदह क्षेत्रमा भगवान गौतम बुद्ध संग सम्वन्धीत पुरातात्विक क्षेत्र र भगवान गौतम बुद्धको आमा माया देवीको जन्म स्थल भएपनि बुद्धजयन्तीमा खासै रौनकता आउन सकेन । देवदह नगरपालिकाले देवदह क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै जाने र यसको लागि गुरुयोजना निर्माण गरिरहे पनि बुद्धको जन्मजयन्तीको अवसरमा भने सम्वन्धीत निकायले कुनै चासो नदिएका कारण देवदह क्षेत्र सुनसान रहेको थियो ।
पर्यटकीय हिसावले पनि महत्वपूर्ण रहेको देवदह क्षेत्रमा बुद्ध संग सम्वन्धीत विभिन्न संघसंस्था गठन भएपनि बुद्धजयन्तीको अवसरमा एकाध कार्यक्रम वाहेक अन्य क्रियाकलाप हुन सकेन । देवदह क्षेत्रमा गठन भएका बुद्धसंग सम्वन्धीत विभिन्न सघसंगठनहरुले बुद्धको नाम भजाउने काम वाहेक अन्य केही काम नभएको स्थानीयवासीहरुको भनाई रहेको छ । देवदह नगरपालिका र देवदहमा निर्माण गरिएका पर्यटन समितिले बुद्धजयन्तीको अवसरमा कुनै कार्यक्रम गर्न नसकेको देवदह परिचय तथा क्षेत्र विकास समितिका अध्यक्ष निलकण्ठ पौडलले बताए ।
देवदह नगरपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने भनी गुरुयोजना निर्माण गरेपनि व्यवहारमा उर्तान नसकेको पौडलको भनाई रहेको छ । यसको नैतिक जिम्मेवारी नगरपालिकाले लिनु पर्ने अध्यक्ष पौडेलको जिकिर रहेका छन । बुद्धजयन्तीको अवसरमा नगरपालिकाले विभिन्न सचेतना मुलक कार्यक्रम गर्नु पर्ने भएपनि नगरपालिकाले बेवास्ता गर्दा देवदह क्षेत्र सुनसान रहेको अध्यक्ष पौडेलको दावी रहेको छ । लुम्विनी विकास कोषले भगवान गौतम बुद्धको मावली स्थल देवदहमा एक दिने कार्यक्रम गरेर औपचारिकता मात्र निभाएको स्थानीयवासीहरुको आरोप रहेको छ ।
त्यसैगरी देवदह पर्यटन समितिका सदस्य वासुदेव रिमाल भने लुम्विनीमा अन्र्तराष्ट्रिय स्तरको कार्यक्रम भएकोले देवदहमा कुनै कार्यक्रम हुन नसकेको बताउछन । देवदह क्षेत्र पर्यटकीय हिसावले महत्वपूर्ण भएपनि पर्यटक भित्र्याउन नसकिएको रिमालको भनाई रहेको छ । लुम्विनी विकास कोष, देवदह नगरपालिकाको संयुक्त रुपमा मायादेवी पार्कमा कार्यक्रम गरेपनि देवदह क्षेत्रका सम्पूर्ण स्थानीयवासीहरुलाई कार्यक्रममा सहभागि गराउन नसकिएको रिमालको भनाई रहेको छ ।
लुम्विनी विकास कोषले देवदह क्षेत्रमा विभिन्न प्रोजेक्ट संचालन गरीरहेको र बुद्धजयन्तीको अवसरमा नगरपालिका र पर्यटन समितिले कुनै कार्यक्रम गर्न नसकिएको बताउदै आगामी दिनमा सचेतनामुलक कार्यक्रम गर्ने रिमालले बताए । उता देवदह पर्यटन समितिका सदस्य दल बहादुर विरकट्टा भने देवदह नगरपालिका र पर्यटन समितिले वेवास्ता गर्दा बुद्धजयन्तीको अवसरमा कुनै कार्यक्रम हुन नसकेको स्वीकार गरेका छन । पर्यटन भित्रयाउनको लागि पुर्वाधार निर्माण संगै बुद्धसंग सम्वन्धीत विभिन्न कार्यक्रम गर्नु पर्ने बताउदै वास्तविकतामा परिणत गर्न सवै सचेत हुनु पर्नेमा जोड दिए ।
देवदह क्षेत्रमा क्रियाशिल विभिन्न संघसंगठनमा आवद्ध हुनेहरुले बुद्धका दर्शनलाई आत्मसाथ गर्न नसक्नु नै विडम्वना रहेको उहाको भनाई रहेको छ । विरकट्टाका अनुसार देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भनिरहे पनि सम्वन्धीत निकायले बौद्ध गुम्वा निर्माण गर्न नसक्नु वा नचाहनुले नै बुद्धजयन्तीको अवसरमा देवदह क्षेत्र सुनसान भएको बताए । त्यसैगरी देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले भने लुम्विनीमा राष्ट्रिय स्तरको कार्यक्रम रहेकोले बुद्धजयन्तीको अवसरमा देवदहमा कुनै कार्यक्रम गर्न नसकिएको बताउछन ।
प्रत्यक्ष रुपमा नगरपालिकाले नगरेपनि यहा विभिन्न संघसंस्था संग सम्वन्य गरी कार्यक्रम गर्न लगाएको र लुम्विनी विकास कोषले र देवदह नगरपालिकाको पहलमा संयुक्त कार्यक्रम भएको दावी गरेका छन । देवदह नगपालिको निर्देशनमा मायादेवी पार्क व्यवस्थापन समितिलाई १० गते कार्यक्रम गर्न अनुरोध गरेको र सोही अनुसार लुम्विनी विकास कोषका पदाधिकारीहरुको उपस्थितीमा कार्यक्रम गरेको घिमिरेले बताएका छन । आगामी दिनमा बुद्धमावली स्थल देवदहको पहिचान र चिनारीका लागि देवदह नगरपालिका, सरोकारवाला निकाय तथा स्थानीयवासीले चासो नदेखाउने हो भने देवदह क्षेत्रको अस्तित्व संकटमा पर्ने देखिन्छ । त्यसैले देवदह वासीले जागरुकता प्रकट गर्न जरुरी देखिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %