देब दुरा

काठमाडौ , जेष्ठ १५ गते – दुरा महिला समाजको आयोजनामा काठमाण्डौ स्थित ओईशिस पार्टी प्यालेश बशुन्धरामा “भुकम्प सम्बन्धित सचेतना कार्यक्रम” सम्पन्न भयो । आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा उक्त कार्यक्रम दुरा महिला समाजका केन्द्रिय अध्यक्ष श्री मती कृष्ण कुमारी दुराको अध्यक्षतामा सम्पन्न भई समाजका सचिब श्री मती कमला दुराले संचालन गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिनु हुदै दुरा महिला समाजका उपाध्यक्ष श्री मति पवित्रा दुराले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्य बारे जानकारी गराउनु भएको थियो ।
उपत्यकामा रहेका झण्डै एक सय भन्दा बढी दुरा समुदायका महानुभावहरु उपस्थित रहेको सो अवसरमा यस कार्यक्रमको सहयोगी संस्था आदीबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको प्रतिनिधि श्री बिनोद राहुल प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने भुकम्प सम्बन्धित मुख्य स्रोत ब्यक्तिको रुपमा भु–गर्भ शास्त्री डा. डि. पि. अधिकारी र साहायक स्रोत ब्यक्तिको रुपमा श्री भुवन कुमार दुरा ज्यूले भुकम्प आउनको कारण, यसबाट पर्ने असर, भुकम्पबाट बच्ने उपाय, नेपालको भु–बनावट र संरचना निमार्ण गर्दा अपनाउनु पर्ने विधि आदी विषयमा प्रकाश पार्नु भएको थियो ।
उक्त कार्यक्रममा आ–आफ्नो मन्तव्य व्यक्त गर्दै दुरा सेवा समाजका अध्यक्ष श्री गोकुल प्रशाद दुरा, दुरा सेवा समाजका आजीवन सदस्य तथा सल्लाहकार देवबहादुर दुरा, नेपाल सरकारको कर्मचारी तथा दुरा महिला समाजसेवी श्री मति पार्वती दुराले कार्यक्रम अति उपलब्धी मुलक भएको धारण ब्याक्त गर्दै दुरा महिला समाजलाई कार्यक्रमको लागी धन्यावाद प्रकट गर्नु भएको थियो ।


