देब पचभैया
पाल्पा, जेठ १६ नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद (बिशेष अधिबेशन तयारी समिति) पाल्पाको आयोजनामा सिद्धेश्वर गाबिसमा कुमाल समुदायलाई लक्षित गरी १ दिने नेतृत्व बिकास तथा क्षमता अभिबृद्धि तालिम कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा आदिबासी जनजाति अगुवा अनन्त कुमालले नेपालका कुमाल समुदायलाई आदिबासी जनजाति महासंघले ५ समुहमा बर्गिकरण गरेको कुरा जानकारी गराउदै सिमान्तकृत समुदाय कुमाल जातिलाई राजनितिक दल, सरकार, अहिलेको संघिय संरचनाले सम्बोधन गर्न नसकेकोले कुमालहरु पछाडी परेको कुरा बताउनुभयो ।
कार्यक्रममा नेफिन पाल्पाका पूर्ब सचिब तेजबहादुर कुमाल, आदिबासी जनजाति अगुवा नबिन थापा, सिद्धेस्वर गाबिस सहसचिब छबिलाल पाण्डे, शेष बहादुर कुमाल, दलबिर कुमाल, गोपाल कुमाल, दुर्गा बहादुर कुमाल, सुना कुमाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमलाई अनन्त कुमालले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा सिद्धेश्वर गाबिसका १, २, ५ र ९ नं.बडाका ७० भन्दा बढी कुमाल समुदायको उपस्थिति थियो ।
सचेतना कार्यक्रम बिशेष अधिबेशन तयारी समितिका सदस्य योग बहादुर कुमालको सञ्चालन र संयोजक राम बहादुर गरंजा (एस.कुमार) को अध्यक्षतामा सम्पन्न भएको थियो ।
