राज्यसत्ता
काठमाण्डौ,जेठ १५-श्रीमान् मलेसिया रहेको बेला परपुरुष संग सल्किदा बागलुङ बोहोरागाउ ७ की २३ बर्षिया कमला घर्ती मगरले दुई सन्तान त गुमाएनै अव जिवन भर जेलमै बिताउनु पर्ने भएको छ । देबिस्थान ४ का २२ बर्षिय भिम प्रसाद भण्डारी संग प्रेममा फसेकी कमलाले तिनै भण्डारी संग बिहे गर्ने नाउमा आफ्नै दुई सन्तानको हत्या गरेपछि उनीहरु जिन्दगी भर जेल जिवन बिताउनु पर्ने भएको हो । कमलालाई बिहे गर्ने भन्दै भण्डारीले उनका ६ बर्षिया छोरी समुन्द्रा र ३ बर्षका छोरा मनोजको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेपछि सत्यतथ्य बाहिर आएको हो ।
कमलाका श्रीमान् सन्तबहादुर ३ बर्ष अघि देखि मलेसियामा काम गर्दे आएका थिए । पक्राउ परेका भण्डारीले आफुले कमलालाई बिहे गर्न बालबालिका बाधक बनेपछि घांटी थिचेर हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक चक्र बहादुर सिंहले जानकारी दिनुभयो । कमला घास काट्न गएको र उनका सासु ससुरा घर बाहिर रहेको बेला आफुले बालबालिकाको हत्या गरेको भण्डारीले प्रहरीलाई बयान दिएका छन् । श्रीमान बिदेश जाने बितित्त्कै आफु भण्डारी संग सल्किएको कमलाको भनाई छ ।
