मनिषा हत्याको रिपोर्ट आईतबार आउदै, आर्यघाटमा गरियो मनिषाको अन्त्येष्टी

Read Time:1 Minute, 17 Second

राज्यसत्ता

काठमाण्डौ, जेठ १५
राष्ट्रिय फुटवल खेलाडी बिमल घर्तीकी बहिनी मनिषा घर्तीको रहस्यमय मृत्युको बारेमा आईतबार रिपोर्ट आउने भएको छ । मनिषाको बिहिबार राती आफ्नै घरमा ज्यान गएको थियो ।
उनको शबलाई शिक्षण अस्पताल महाराज गंजमा पोष्टमार्टम गरि शुक्रबार बेलुकी काठमाण्डौ स्थित पुशपति आर्यघाटमा दाहसस्कार गरिएको छ । बिधुतीय शबदाह गृहमा उनको दाहसस्कार गरिएको हो ।
मनिषालाई अन्तिम दाहसस्कार दिन फुटवल खेलाडी, आफन्त र शयौ शुभचिन्तकहरु पशुपति आर्यघाट पुगेका थिए । बहिनिको मृत्युको खबर सुनेर बेल्जियममा उपचारको लागी गएका दाजु बिमल शुक्रबार नै काठमाण्डौ आएका थिए । मनिषा हत्याको अभियोगमा प्रहरीले उनकै प्रेमी भनिएका नवलपरासी तिलकपुरका २२ बर्षिय आशिष भनिने रुद्र नारायण चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %