रुपन्देहीको देवदहको शितलनगरमा कुप्रथा छुवाछुत बिरुद्ध जनचेनामुलक कार्यक्रम सम्पन्न

Read Time:2 Minute, 7 Second

गोविन्द घर्ती मगर

रुपन्देही,जेठ १४ -रुपन्देहीको देवदहको शितलनगरमा कुप्रथा छुवाछुत बिरुद्ध जनचेनामुलक कार्यक्रम सम्पन्न भएको छ । समाजमा शिक्षित मानिसहरुको जमात बढेता पनि जातिय बिभेद तथा छुवाछुतको घटना दिनानु दिन बढ्दै गइरहेको सन्र्दभमा जनचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको दलित समन्वय समिति देवदह जानकारी दिएको छ । सोही कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले छुवाछुत समाजिक अपराध भएकाले यसको न्युनिकरणका लागि हुने बिभिन्न कार्यक्रममा देवदह नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो  ।

त्यस्तैगरी सोही कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य तथा देवदह अध्यक्ष गंगाराम बिश्वकर्माले छुवाछुत बिरुद्ध सम्पुर्ण दलित बर्ग एकजुट हुनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र देवदहका अध्यक्ष मोतिलाल ढकाल, नेपाली काग्रेस देवदह नगरसभापती गुणाखर भुर्तेल, राष्ट्रिय जनमोर्चा देवदहका अध्यक्ष हरी केसी, योङ्ग कम्युनिष्ट लिग वाईसिएलका रुपन्देही उपाध्यक्ष हिरा थापा लगाएतले बोल्दै दलितहरुको मुद्धामा सम्पुर्ण राजनैतिक दलहरुको साथ सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए । गणेश बिश्वकर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %