पाँचथर सेवा समाज बहराईनले अग्नि पिडितलाई सह्योग

Read Time:3 Minute, 3 Second

राज्यसत्ता ब्यूरो

 मे,२६- मानमा बहराईन पाँचथर जिल्ला फाक्तेप(८ फिरफिरे स्थित गएको २६ चैत २०७२का दिन केहेरसिँ चेमजोङ, ओम प्रसाद चेमजोङ र सम कुमार चेमजोङको घरमा अचानक लागेको आगजनी बाट पूर्ण क्षति भएका तीन घर परिवारलाई मानविय सह्योगकका लागि फाक्तेप गाविसले पत्र सं(न। ०७२र७३ चलानी नं( २२६ को अपिल परिपत्र अनुसार बहराईन स्थित समाजिक अवधारणा बोकी स्थापित पाँचथर सेवा समाजको पहलमा समाजका महासचिव पञ्च कुमार चेमजोङको संयोजकत्वमा गठित सहयोग समितिले बहराईनमा कार्यरत महान समाजसेवी, बुद्धिजीवी, आदरणीय नेपाली दाजु(भाई तथा दिदि(बहिनीहरुको विशेष सह्योगमा संकलित रकम बाट अग्नि पिडित परिवारका लागि आवश्यक पर्ने खाधान्न तथा जिन्सीलाई उक्त क्षेत्रमा स्थलगत भ्रमण गरी पीडितहरूलाई विभिन्न राजनैतिक दलका प्रतिनिधि तथा बुद्धिजीवी समाजसेवी, एवंम् स्थानीय भद्रभलाद्मीको रोहवरमा चेम्जोङले दोस्रो पटक सह्योग बाँडेका हुन् ।

समाजले विविध अकल्पनीय घटना, दुर्घटना प्रकृतिक प्रकोप जस्ता समस्याको समाधान विकल्प संगै समय सापेक्ष समाजलाई परिवर्तन, आर्थिक समाजिक रूपान्तरणका लागि शैक्षिक जनचेतनालाई नमुनाको रूपमा बिकाश गर्दै लैजाने उद्धेश्य बोकेर स्थापित समाजले विभिन्न जातिय, क्षेत्रिय, वर्गीय, समाजिक संघ, संस्था, संगठन संग समन्वय, सहकार्य र एकतामा हातेमालो गर्दै आईरहेको अवगत गराउँदै रोजगारीका शिलशिलामा बहराईनमा बस्नु हुने समस्त पाँचथरवासी आदरणीय दाजु(भाई तथा दिदी(बहिनीहरूलाई यसै समाजमा आवद्ध भै गोलवन्द हुन समेत अनुरोध गरेका छन् ।

ूनेपाली पहिचान हाम्रो आवश्यकता   प्रवासमा पाँचथरवासीको एकताू भन्ने नाराका साथ विभिन्न देशमा पाँचथर सेवा समाज स्थापना भएको अवगत गराउँदै यस अभियानलाई सफल बनाउन सह्योग गर्ने सम्पूर्ण सह्योगदातालाई अग्नि पिडितले विशेष स(धन्यावाद पत्र पठाएको सार्वजनिक गर्दै पाँचथर सेवा समाज परिवारले समस्त सह्योगी मन र हातहरू प्रति विशेष आभार प्रकट गर्दछ विज्ञप्तिमा भनिएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %