चर्चित फुटवल खेलाडी बिमल घर्ती मगरको बहिनि मनिसाको हत्याको आसंका अनुसन्धान जारी, दुई युवा पक्राउ

Read Time:1 Minute, 55 Second

डिमन थापा मगर

  नवलपरासी, जेठ १३-चर्कित फुटवल खेलाडी बिमल घर्ती मगरको वहिनि मनिसा घर्तीको  हत्या भएको प्रहरीले अनुमान गरेको छ । नवलपरासी बर्दघाट ८ पञ्चनगर स्थित आफ्नै घरमा मनिसा बिहिबार मृत भेटिएकी हुन् । बुधबार मनिसा एक्लै घरमा थिईन् । बुधबार कामका लागी आमा  बुटवल गएको र बिहिबार बिहान घर पुग्दा ढोका खुलै रहेको र छोरी मृत भेटिए पछि आफन्त र प्रहरीलाई खबर गरेका थिए । नवपरासीका प्रहरी निरिक्षक श्याम केसीका अनुसार मृतक मनिसाको घाटीमा निल डाम छ ।

टेबुलमा खुट्टा र आधा शरीर खाटमा रहेको अवस्थामा उनको शब भेटिएको थियो ।  खाटमा रगतको दाग भेटिएको जानकारी दिदै प्रहरी उपरिक्षक राजेन्द्र चौधरीले हत्याको आसंकामा स्थानिय दुई युवालाई पक्राउ गरिएको जानकारी दिनुभयो । पका्रउ परेका दुबैलाई हिरासतमा राखेर अनुसन्धान गरिएको छ । बुधबार बेलुकीनै सो घटना भएको हुन सक्ने चौधरीको अनुमान छ । मृतकको शब पोष्टमार्टमका लागी परासी स्थित पृथ्वीचन्द्र अस्पताल लगिएको छ  । पोष्टमार्टम पछि थप जानकारी प्राप्त हुने प्रहरीले जनाएको छ । कक्षा ११ को परिक्षा दिएर मनिसा घरमै बसेकी थिईन् । मनिसा  बर्दघाट स्थित न्यूलाईफ उच्च माबिका बिधार्थी हुन् । उनका दाई बिमल गएको बैशाख २९ देखि बेल्जियममा छन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %