गोविन्द घर्ती मगर
जेठ,१२ – साना किसान कृषि सहकारी संस्था देवदहको १७ औं साधारणसभा तथा ७ औं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष जयनाायण गौडेलले नवनिर्वाचित अध्यक्ष टिका गौतमलाई संस्थाको रजिष्ट तथा निवर्तमान लेखा संयोजक रामकृष्ण पौडेलले नव विर्नाचित लेखा संयोजक सरस्वी पोखरेललाई लेखा रजिष्टर प्रदान गरि पद हस्तान्तरण गरिएको थियो । सो अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष टिका गौतमले शेयर सदस्यको हितमा सहकारी
लाई अगाडि लैजाने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उहाले सहमति, सहकार्य र छलफलको माध्यमबाट सहकारीलाई अगाडि बढाउने बताउनु भयो । नव निर्वाचित अध्यक्ष गौतमले शेयर सदस्यहरुको आर्थिक र सामाजिक क्रियालापलाई केन्द्रमा राखेर संस्थाले कार्ययोजना तयार गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । निर्वाचन मण्डलका संयोजक रुमबहादुर थापाको अध्यक्षतामा भएको पद हस्तान्तरण कार्यक्रममा निर्वाचन मण्डलका सदस्य दुर्गादत्त शर्मा, निवर्तमान अध्यक्ष जयनारायण गौडेल लगायतले वननिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै शेयर सदस्यहरुको आर्थिक उपार्जन गर्न तर्फ लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।
सोही अवसरमा नवनिर्वाचित लेखा संयोजक सरस्वती पोखरेलले लेखालाई चुस्त र दुरुस्त राख्न आफु लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । निर्वाचन मण्डलका सदस्य खुमप्रसा भण्डारीको स्वागत र दासीराम पाण्डेको संचालनमा भएको कार्यक्रममा सहकारीका निवर्तमान समिति, राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । संस्थाको १७ औं साधारणसभा तथा ७ औं अधिवेशन ८ गते सम्पन्न भएको थियो ।
